Incident Reports

विप्लव माओवादीद्वारा जग्गा कब्जा

2015-03-27

Lumbini, Rupandehi, Sudhdhodhan

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले जनक्रान्ति भन्दै सर्वसाधारणको जग्गा कब्जा गरेको घोषणा गरेको छ । उक्त पार्टीको अबध राज्य समितिका संयोजक तथा केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द वीरजंगको नेतृत्वमा चैत १३ गते रुपन्देहीको सैनामैना नपा-१, चेथरीमा रहेको सर्वसाधारणको तीन विगाहा चार कट्ठा जग्गा कब्जा गरेको हो । जग्गा कब्जा गरिएको घोषणा गर्न उक्त पार्टीका केन्द्रीय नेता चन्दसहित बसन्त श्रेष्ठ, जिल्ला इन्चार्ज सरद ओलीलगायतका करिब ५० जना कार्यकर्ता पुगेका थिए । उक्त जग्गा पूर्व-पश्चिम महेन्द्र राजमार्ग देखि करिब ६ सय मिटर दक्षिणमा रहेको छ । चिन्तामणि र टिकाराम पाण्डेको संयुक्त नाममा रहेको उक्त जग्गालाई भूमाफियाको भन्दै माओवादीका कार्यकर्ताले झण्डा गाडेर कब्जा गरेको घोषणा गरेका थिए । पार्टीका जिल्ला सेक्रेटरी सरद ओलीले भूमाफियाका जग्गा कब्जा गर्ने केन्द्रीय कार्यक्रम अनुसार कब्जा गरिएको बताए । उनले यो आन्दोलनलाई जिल्लाभर विस्तार गरिने र कारबाहीलाई तीव्र पारिने पनि बताए । सङ्र्घषका कार्यक्रम सुरु भएको र सबैतिर बिस्तार गरिने ओलीको भनाइ थियो। माओवादीले झण्डा गाडेर गएको केही बेरमै इलाका प्रहरी कार्यालय, रन्यौराको प्रहरी टोलीले झण्डा उखेलेर लगेको थियो । पाण्डे दाजुभाइको सो जग्गामा पहिले आँपको बगैंचा थियो । पछि आँप काटेर बाँझै छाडिएको थियो । स्रोतका अनुसार माओवादीले पाण्डे दाजुभाइसँग ३५ लाख जति चन्दा मागेको र त्यो दिन नसक्ने भन्दै अस्वीकार गरेपछि भूमाफिया भन्दै जग्गा कब्जाको घोषणा गरेको बताइएको छ । यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र ढकालले कानुन विपरि जाने छुट कसैलाई पनि नभएको बताए । उनले आन्दोलन या क्रान्तिका नाममा जर्बजस्ती गर्ने र शान्ति सुरक्षामा खलल पुर्‍याउने जो सुकै भएपनि कानुनी कारबाहीको दायरामा ल्याइने बताए । 
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Entity CPN M
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
INSEC

0 Comments