Incident Reports

आन्दोलनकारी र प्रहरीबीच झडप, १२ आन्दोलनकारी घाइते

2015-03-29

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 7

सहमतिबाटै संविधान जारी गर्न दबाब दिने भन्दै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले गरेको दोस्रो चरणको विरोधका कार्यक्रम अर्न्तगत पोखराको न्यूरोडमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ। झडपमा एक प्रहरीसहित एक दर्जन विद्यार्थी घाइते भएका छन्। आन्दोलनकारी विद्यार्थीले निकालेको लाठी जुलुस न्यूरोडमा प्रहरीसँग जम्काभेट भएपछि प्रहरीले आन्दोलनकारीलाई रोकेको थियो। प्रहरीले आन्दोलनकारीलाई रोकेपछि आक्रोशित बनेका आन्दोलनकारी विद्यार्थीले तीन वटा सवारी साधनमा तोडफोडसमेत गरेका छन्। जथाभावी तोडफोड गर्न थालेपछि प्रहरीले जुलुसमा हस्तक्षेप गरेको थियो। घाइते आन्दोलनकारीको फेवासिटी लगायतका अस्पतालमा उपचार भइरहेको छ। दुवै पक्षबीच झडप भएपछि केहीबेरसम्म न्यूरोड तनावग्रस्त भएको थियो भने यातायतसेवा प्रभावित भएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 12
National/Online Media

0 Comments