Incident Reports

आन्दोलनकारी र प्रहरीबीच झडप, ७ जना घाइते

2015-03-29

Bagmati, Chitawan, Bharatpur, Ward 1

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले निकालेको लाठी जुलुसमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप हुँदा प्रहरीसहित सात जना घाइते भएका छन्।मुख्य सडक नारायणगढको लायन्सचोकबाट पुल्चोक जाँदै गरेको लाठीसहितको जुलुसलाई प्रहरीले रोक्न खोेज्दा दुईपक्षबीच झडप भएको हो। प्रहरीले लाठी बोकेका मोर्चाका कार्यकर्ताबाट लाठी प्रदशर्न रोक्न खोज्दा झडप भएको हो।लाठी जुलुस रोक्न भन्दा अटेर गर्दै प्रदर्शनकारीले प्रहरीमाथि नै ढुंगा प्रहार गरेपछि हस्तक्षेप गर्नुपरेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सहकुलवहादुर थापाले बताए।उनका अनुसार प्रहरीतर्फ दुई जना घाइते भएका छन् भने प्रदर्शनकारी तर्फ पाँचजना घाइते छन्। मोर्चाका अनुसार एमाओवादी जिल्ला ईन्चार्ज ईश्वरी भट्टराई ,ओम पाण्डे विलबहादुर महर्जन ,कुलवहादुर तामाङ ,मानवहादुर तामाङ घाइते छन्। उनीहरुको भरतपुर अस्पतालमा उपचार भैरहेको छ। लाठी जुलुसको नेतृत्व गरेको एकीकृत माओवादीका जिल्ला अध्यक्ष यमबहादुर परियार, चितवन इन्चार्ज ईश्वरी भट्टराई ,ठाकुर ढकाल,बामदेव खरेलसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नारायणगढमा मध्य दिउँसो भएको झडपका कारण आसपासका व्यवसायी तनावमा परेका थिए।केहीबेर नारायणगढ तनावग्रस्त बनेको थियो। अहिले भने प्रहरीले स्थिति नियन्त्रणमा आइसकेको र अवस्था सामान्य रहेको जनाएको छ।उता शान्तिपूर्ण जुलुसमा प्रहरीले हस्तक्षेप गरेको भन्दै मोर्चाका पदाधिकारीहरुले विरोध जनाएका छन्। बिनाकारण प्रहरीले हस्तक्षेप गरि आफ्नो कार्यक्रम विथोलेको आरोप एमाओवादी जिल्ला अध्यक्ष यमबहादुर परियारले लगाएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 7
National/Online Media

0 Comments