Incident Reports

आन्दोलन उचाईमा पुर्‍याउने विपक्षी मोर्चाको निर्णय

2015-03-30

Bagmati, Kathmandu, Ward 10

एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले आन्दोलनमै ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ । मोर्चाको आइतबारको बैठकले आन्दोलन उचाईमा पुगेपछिमात्र सत्ता पक्षमाथि दबाव सिर्जना हुने र त्यसपछि गरिने वार्ता फलदायी हुन सक्ने निश्कर्ष निकालेको हो । 'कांग्रेस सकारात्मक देखिए पनि एमाले हाबी हुँदा सहमति हुन सकिरहेको छैन । सभाध्यक्षले फेरि प्रक्रिया सुरु गरेकाले सत्तापक्ष वार्ताका लागि गम्भीर देखिएन,' सत्तापक्षसँग भएको वार्ताबारे जानकारी गराउँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बैठकमा भने, 'त्यसैले आन्दोलनमा ध्यान केन्दि्रत गरेर यसलाई उचाइमा पुर्‍याउनुपर्छ । आन्दोलनबाट शक्ति आर्जन गरेपछिमात्रै सत्तापक्ष वार्ताका लागि गम्भीर हुन्छ । दबावबिनाको वार्ता अधुरो हुने भएकाले आन्दोलनमै अत्याधिक ध्यान केन्दि्रत गरौ ।' मोर्चाका नेता सद्भावना अध्यक्ष राजेन्द्र महतोका अनुसार बैठकले सत्तापक्ष सहमतिमा संविधान बनाउन तयार नरहेको निश्कर्ष निकालेको बताए । 'सत्तापक्ष दुई तीहाइको बल प्रयोग गरेर अगाडि बढ्ने मनस्थितिमा रहेकाले आन्दोलन चर्काउनुको विकल्प छैन,' उनले भने । बैठकले मोर्चाको शान्तिपूर्ण आन्दोलनमा सरकारबाट दमन भएको भन्दै खेदसमेत व्यक्त गरेको महतोले बताए । मोर्चाले आइतबार देशैभर लाठी जुलुस निकालेको छ, त्यसक्रममा कतिपय स्थानमा प्रहरीसंग झडपसमेत भएको थियो ।

0 Comments