Incident Reports

५१ नेताले बुझाएनन् निर्वाचन खर्च विवरण

2015-03-31

Madhes, Parsa, Birgunj

पर्साका ५१ जना नेताले दोस्रो संविधानसभा निर्वाचन सम्पन्न भएको एक वर्ष बितिसक्दा पनि अझै निर्वाचन खर्च विवरण बुझाएका छैनन् । निर्वाचन आयोगको नियमअनुसार निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र दलका उम्मेदवारले खर्च विवरण बुझाउनुपर्छ । ४ मंसिर २०७० सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा उम्मेदवारी दिई हालसम्म पनि निर्वाचन खर्चको विवरण नबुझाई उनीले निर्वाचन आयोगको नियम उल्लंघन गरेका हुन् । एमाओवादीका केन्द्रीय सदस्य उर्मिला अर्याल, मधेसी जनअधिकार फोरम नेपालका छोटेलालप्रसाद यादव, फोरम लोकतान्त्रिकका विरेन्द्रलाल नेपाली (श्रेष्ठ), सद्भावना पार्टीका फिरोज मियाँ, तमलोपाका डा.रामदेव सिंहलगायत दलका उम्मेदवारले निर्वाचन खर्च नबुझाएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ । जुनसुकै पार्टीबाट संविधान सभा निर्वाचनमा उम्मेदवारी दिए पनि ती नेताले निर्वाचनमा गरेको खर्च मतपरिणाम आएको ३५ दिनभित्र बुझाइसक्नु पर्ने प्रावधान रहेको जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख मधुकरप्रसाद पोख्रेलले बताए । पर्साका ५ निर्वाचन क्षेत्रमा जम्मा २ सय १० जना नेताहरूले संविधानसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए । तिनीहरू मध्ये एमाले, कांग्रेसलगायत पार्टीका ५० जना नेताले मात्रै ३५ दिनभित्र निर्वाचन खर्च खर्चको विवरण बुझाएका छन् । बाँकी २८ जनाले म्याद सकिएपछि, ७१ जनाले सफाई पेस गर्ने भनी ताकेदा गरेपछि र पाँचजनाले आयोगले कार्वाही किन नगर्ने भनी सार्वजनिक सूचना जारी गरेपछि बुझाएका थिए । समयमा आफ्नो खर्च विवरण नबुझाई जरिवाना तिरेर निर्वाचनको खर्च विवरण बुझाउने नेताहरूमा मधेसी जनआधिकार फोरम नेपालका प्रदीप यादव, जनता दल नेपालबाट उम्मेदवारी दिएका जाकिर हुसेन, सद्भावना पार्टी युनाइटेडका सत्यनारायण रौनियार र स्वतन्त्रबाट उम्मेदवारी दिएका हरेन्द्रप्रसाद यादव र मनोज दास तत्वा रहेको निर्वाचन कार्यालय पर्साले जनाएको छ । निर्वाचन आयोगको निर्देशनअनुसार सबै प्रयासपछि पनि अझै खर्च विवरण नबुझाई अटेर गर्ने नेताहरूमा महमद मिया हजाम, साहुसेन मिया समानी, प्रदीप शर्मा, सन्तोष साह रौनियार, विनोदकुमार अग्रवाल, मनोरमा रौनियार, उमेशप्रसाद कुर्मी, दिनेशप्रसाद गुप्ता, कृष्णप्रसाद यादव, सुरजकुमार कलवार, शशिकपुर मिया, डा. रामदेव सिंह, फिरोज मियाँ, राजदेव हजारा, संगीता देवी, महमद युनुफ अन्सारी, सेवक हजारा, सुनिलकुमार कर्ण, राजरिसप्रसाद चौहान, देवकुमार साह, शेख जहिर, सञ्जयकुमार कुसवाहा, छोटेलाल प्रसाद यादव, विरेन्द्र यादव, श्रीनारायणप्रसाद यादव, तपसी राउत थारु, रामसेवक महतो धानुक, शेष सेराज अहमद, नारदजी ठाकुर लोहार, शेषनाथप्रसाद सिंह कुर्मी रहेका छन् । यस्तै अब्दुल रहिम मिया अन्सारी, भूपदेव प्रसाद राय, दीपनारायण प्रसाद, वसिर अहमद, अफताव आलम अन्सारी, उपेन्द्र दास थारू, उर्मिला अर्याल, मदनप्रसाद चौहान, वीरेन्द्रलाल नेपाली ( श्रेष्ठ), आशबहादुर गुरुङ, आलिम मिया, राजदिन मिया धुनिया, विरेन्द्र राउत कुर्मी र सिकन्दर साह कानु लगायतले पनि खर्च विवरण बुझाएका छैनन् ।
National/Online Media

0 Comments