Incident Reports

छोरा जन्मने औषधि दिन्छु भनेर बलात्कार गर्न खोज्ने तान्त्रिक पक्राउ

2015-03-30

Bagmati, Bhaktapur, Bhaktapur

सन्तान नभएकी एक महिलालाई तान्त्रिक विधिद्धारा छोरा जन्माउने बनाइदिन्छु भन्दै बलात्कारको प्रयास गर्ने तान्त्रिक पक्राऊ परेका छन् । प्रहरीले दोलखा श्यामा–७ घर भई अहिले भक्तपुर नगरपालिका–१७ सल्लाघारीमा बस्दै आएका ३७ वर्षका तान्त्रिक प्रेमबहादुर बस्नेतलाई पक्राऊ गरेको हो । आफन्तसँग तान्त्रिक बस्नेतको कोठामा पुगेकी सन्तान नभएकी एक महिलालाई छोरा जन्मने औषधि दिन्छु भनी बलात्कारको प्रयास गरेपछि प्रहरीले बस्नेतलाई पक्राऊ गरेको हो । बिहे गरेको लामो समयसम्म पनि सन्तान भएन । अस्पताल धारएर उपचार गरेपनि बच्चा नजन्मिए पछि नजिकैको आफन्तले एक जना तान्त्रिकले छोरा जन्माइ दिने औषधि दिन्छ भने पछि ती महिला लोभिइन् । यसअघि पनि धेरै महिलाले त्यही तान्त्रिकले दिएको औषधि खाएर छोरा जन्मिएको बताएपछि महिला आफन्त कै पछि लागेर तान्त्रिककोमा पुगेकी हुन् । तान्त्रिकले उपचारका लागि समय लाग्छ भनेरसँगै गएका आफन्तलाई झारफुक गरी औषधि दिएर पठाएपछि ती महिलालाई भने तान्त्रिक प्रेमबहादुरले कोठामा लगेको पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । तान्त्रिकले चैत १० गते बिहान झण्डै ११ बजे कोठामा लगेर चकटीमा आफूलाई सुताएर लुगा खोल्न लगाई, तान्त्रिकले पनि सबै लुगा खोलेर आफ्ना संवेदनशिल अंग चलाउन थालेपछि आफूलाई शंका लागेको ती महिलाले बताइन् । आफूले त्यसको प्रतिवाद गर्दा पनि तान्त्रिकले नछाडे पछि धकेलेर कराउँदै बाहिर निस्केर श्रीमानलाई खबर गरेको महिलाको भनाई छ । त्यसपछि उनीहरुले प्रहरीमा उजुरी दिएका हुन् । प्रहरीले उजुरी परे लगत्तै ११ गते नै तान्त्रिकलाई पक्राऊ गरी जबरजस्ती करणी उद्योगमा मुद्दा चलाएको छ । महानगरीय प्रहरी बृत्त जगातेका प्रहरी निरीक्षक हर्कबहादुर रावतका अनुसार अदालतमा दोषी ठहर भए तान्त्रिकलाई ८ देखि १२ वर्षसम्म कैद सजाय हुने व्यबस्था छ । यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका–१४ चित्तपोलका ५० वर्षका तान्त्रिक श्याम खत्रीले उपचारका लागि आएकी एक युवतीलाई बलात्कार गरेका छन् । भक्तपुर नगरक्षेत्रकी २२ वर्षकी युवतीलाई आफ्नै घरमा उपचार गर्ने नाममा बलात्कार गरेको खुलासा भएको छ । महिनावारी हुदाँ पेट, कम्मर, ढाँड दुख्ने रोग निको पार्छु भनेर युवतीको बलात्कार गर्ने तान्त्रिक खत्री फरार रहेको र उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments