Incident Reports

नेकपा माओवादीद्वारा जग्गा कब्जा गरेको घोषणा

2015-03-31

Lumbini, Rolpa, Tribeni

नेकपा माओवादी (चन्द समूह)ले रोल्पाको जुङगार गाविस–९ मजुवा का हरिभक्त खड्काको जग्गामा झण्डा गाडेर कब्जा गरेको घोषणा गरेको छ । विज्ञप्ति जारी गर्दै खड्काको खेत र पाखो जग्गा कब्जा गरिएको जनाएको छ । पञ्चायतकालमा सोही खेत र पाखो जग्गा छिमेकी बलजित पुनको रहेका र मुखिया बेदबहादुर खड्काले जग्गा धनीलाई थाहै नदि आफ्नै भाई पर्ने तत्कालिन प्रधानपञ्च रहेका हरिभक्त खड्कालाई बिक्री गरेको माओवादीको दावी छ । विज्ञप्तिमा किर्ते कागजात र छलकपट गरी छिमेकीको जग्गालाई खड्काले आफ्नो नाममा गराएको भन्दै कब्जा गरिएको उल्लेख छ । द्वन्द्वकालमा पनि तत्कालिन विद्रोही माओवादीले खड्काको जग्गा कब्जा गरेको थियो । माओवादीको जनअदालतले खड्काको जग्गा पुनलाई सुम्पने फैसला गरे पनि शान्ति प्रक्रियापछि खड्काले नै जग्गा भोगचलन गरेको बताइएको छ । खड्काले जग्गा आफ्नो भएको भन्दै अदालतमा मुद्दा हाल्दा हारेको माओवादीको दाबी छ । पछिल्लो समय फेरि मुद्दा दायर गरेको र घूस खुवाई आफ्नो पक्षमा फैसला गराएर जग्गा लिएको माओवादीले बताएको छ । एक सय मुरी धान फल्ने खेत खड्काले २०५२ सालमै कित्ता नम्बर ३१४, ३१५, ३१६ र ३२९ लाई मुद्दामा जालसाजी गरी आफ्नो नाममा लिएको र २०५५ सालमा कित्ता नम्बर ३१३ र २०६१ सालमा कित्ता नं. ३१२ को पाखो खेत पनि जालसाजी गर्दै आफ्नो बनाएको विज्ञप्तिमा उल्लेख छ । जिल्लाका प्रहरी प्रमुख डिएसपी रमेश थापाले उक्त जग्गाका धनी अहिले जुगारमा बसोबास नगर्ने भएकाले स्थानीयबाट यस बारे थप जानकारी लिने काम भइरहेको बताए ।

माधवकुमार ओली

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Access/control of private land
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
INSEC

0 Comments