Incident Reports

किटानी जाहेरी नलिएको भन्दै मानवअधिकार आयोग र महिला आयोगमा उजुरी

2015-03-12

Sudurpashchim, Achham, Kamalbazar

रानीवन गाविस–४ की कलादेवी जैसीको बलात्कारपछि हत्यामा संलग्न भनिएका असईविरुद्ध उजुरी तेश्रो दिन चैत १९ गते पनि दर्ता हुन सकेन । मृतकका आफन्त, अधिवक्ता, मानवधिकारकर्मी, महिला अधिकारकर्मी, पत्रकारहरुको टोलीलाई उजुरी दर्ता गर्न नसकिने भन्दै फिर्ता पठाइएको छ । असई धामीले बलात्कारपछि हत्या गरेको उजुरी जिल्ला प्रहरी कार्यालय, अछाममा जाँदा प्रहरीले उजुरी नलिएको मृतकका छोरा धनञ्जय न्यौपानेले जानकारी दिए । फागुन २८ गते राती आरोपित असइले मृतक जैसीलाई बलात्कार गरी हत्या गरेको आरोप छ । पीडितको शव चैत ११ गते भैरबस्थानको गाविसको कर्णाली नदीमा शव भेटिएको थियो। शिवराज ढुङ्गाना 

बलात्कार गरी हत्या गरेको आरोप लागेका प्रहरीका असइ विरुद्धको किटानी जाहेरी अछाम प्रहरीले नलिएको भन्दै चैत १७ गते राष्ट्रिय मानवअधिकार आयोग र महिला आयोगमा उजुरी गरिएको छ । आरोपित असई धनविर सिंह धामीविरुद्ध दुई दिन किटानी जाहेरी दिन गएका अधिवक्ता, महिला सहितका अधिकारकर्मीहरूलाई फर्काइ दिएको भन्दै दुवै आयोगमा उजुरी गरिएको हो । हत्या आरोप लागेका असई धामीका विरुद्ध किटानी जाहेरी लिन निर्देशन गरिदिन भन्दै राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीमा उजुरी दिइएको अधिवक्ता कृष्ण प्रसाद ढुंगानाले जानकारी दिए । अधिवक्ता ढुंगानाले रानीवन–४ की अनमी कलादेवी जैसीलाई हत्या गर्ने प्रहरीका असइ धामीविरुद्ध जाहेरी लिनका लागि अछाम प्रहरीलाई निर्देशन गरिदिन राष्ट्रिय महिला आयोगमा समेत अनुरोध गरिएको छ । चैत १५ र १६ गते किटानी जाहेरी दिन गएका व्यक्तिहरूलाई आफू घटनास्थलको अनुसन्धान पछि मात्र निवेदन लिने भन्दै डिएसपीले नमानेपछि आफुहरूले दुवै आयोगलाई गुहार्नु परेको अधिवक्ता ढुंगानाको भनाई छ । जिल्ला प्रहरी प्रमुख डिएसपी दिलिपसिंह देउवाले किटानी जाहेरी नबुझी घटनाको अनुसन्धान गर्न थाल्नु अचम्मको अभ्यास भएको कानुन व्यवसायी र अधिकारकर्मीहरूको भनाई छ । उनीहरूले उजुरी नलिनु मुद्दालाई कमजोर बनाउन सक्ने आशंका समेत गरेका छन् । डिएसपी घटनास्थलबाट अनुसन्धानमा गईसकेको र फर्केपछि पनि उजुरी दर्ता हुने नहुनेमा कुनै विश्वास नभएको महिला अधिकारकर्मी मना अधिकारीको भनाइ छ । फागुन २१ गते असई धामीले कुटपिट गरेको र २८ गते राती तपाइको नाममा उजुरी आएको भनि बोलाई लगि बलात्कार गरी हत्या गरेको आरोप मृतकका छोरा धनञ्जय न्यौपानेले उजुरीमा उल्लेख छ । धार्मिक संस्कार अनुसार कृया गर्न छाडेर पनि मृतकका छोरा र देवर चैत १३ गतेबाट सदरमुकाम मंगलसेनमा न्यायको खोजीमा छन् । मृतक जैसी फागुन २८ गते रातीबाट हराएकीमा चैत ११ गते भैरवस्थानको स्यालाघाट स्थित कर्णाली नदीमा उनको शव फेला परेको थियो । मृतक जैसीको जिल्ला अस्पताल अछाममा चैत १२ गते पोष्टमार्टम भई संस्कार अनुसार दाहसंस्कार गरिसकिएको छ । मृतक जैसी रानीवन उपस्वास्थ्य चौकीमा १३ बर्षदेखी अनमी पदमा कार्यरत रहेकी थिइन् । 

भैरवस्थान प्रहरीचौकी प्रमुख असई धनवीरसिंह धामीविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणीपछि हत्या गरेको अभियोगमा किटानी जाहेरी दर्ता भएको छ । रानीवन ४ का १८ वषर्ीय धनञ्जय न्यौपानेले असई धामीविरुद्ध आमा तथा स्वास्थ्यकर्मी (अनमी) ४६ वषर्ीया कलादेवी जैशीको हत्या भएको २४ दिनपछि किटानी जाहेरी दर्ता गराएका हुन् । गत चैत १५ मा धनञ्जयले किटानी जाहेरी दर्ता गर्न खोजे पनि प्रहरीले आनाकानी गरिरहेको थियो । त्यसलगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख -डीएसपी) दिलिपसिंह देउवाको नेतृत्वमा एक टोली घटनास्थल पुगेर फर्केको थियो । टोली फर्केपछि गत चैत १९ मा पुनः जाहेरी दर्ता गर्न जाँदासमेत प्रहरी कार्यालयले फिर्ता पठाएको थियो । प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको तोक आदेशमा आइतबार जाहेरी दर्ता भएको हो । जाहेरी दर्तापछि धनञ्जयले आफ्नी आमाको हत्या घटनामा न्याय दिलाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । 'ढिलै भए पनि सबै पक्षको दबाबपछि जाहेरी दर्ता भएको छ,' उनले भने, 'अब न्याय पाइने भन्ने आशा लागेको छ ।' फागुन २८ गते राति असई धामी घरमा आई आमालाई केही बुझ्नु छ भनेर सँगै लिएर गएको धनञ्जयले बताए । 'धामीले आमालाई जबर्जस्ती करणी र कुटपिट गरेर हत्यापछि कणर्ाली नदीमा फाली लास बेपत्ता गर्ने जघन्य अपराध गरेका छन्,' धनञ्जयले प्रहरीमा दर्ता गरेको जाहेरीमा उल्लेख छ । मुलुकी ऐनको ज्यानसम्वन्धि महल र जबर्जस्ती करणीको अपराधमा हदैसम्मको सजाय र क्षतिपुर्तिको माग जाहेरीमा गरिएको छ । जाहेरी दर्ता गराउन धनञ्जय र आफन्तसहित जिल्लास्थित अधिकारकर्मी, सञ्चारकर्मी र कानुन व्यवसायी प्रहरी कार्यालय पुगेका थिए । जाहेरी दर्ता भए पनि पीडित पक्षले न्याय पाउनेमा ढुक्क हुन सक्ने अवस्था नरहेको महिला मानव अधिकार रक्षक सञ्जालकी जिल्ला अध्यक्ष मना अधिकारीले बताइन् । 'जाहेरी दर्ता र नियम, कानुनअनुसार अनुसन्धान सुरु भएको छ,' डीएसपी देउवाले भने, 'दोषि देखिएमा जो कोही भए पनि कानुन बमोजिम कार्वाही हुन्छ ।' उक्त घटनाको राष्ट्रिय मानवअधिकार आयोगको क्षेत्रीय कार्यालय धनगढीले समेत अनुसन्धान गर्ने भएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Sexual Assault
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
Total Raped 1
Female Raped 1
INSEC , National/Online Media

0 Comments