Incident Reports

विद्यार्थीमाथि खुकुरी प्रहार

2015-04-01

Madhes, Siraha, Lahan

 सिरहाको लहान नगरपालिका १ स्थित एल.एम.सी. कलेजमा अध्ययनरत विद्यार्थीलाई अराजक युवकहरुको एक समूहले खुकुरी प्रहार गरी घाइते बनाएका छन् । खुकुरी प्रहारबाट उक्त कलेजमा व्यवस्थापन संकाय अन्तर्गत कक्षा ११ मा अध्ययनरत १७ वर्षीय अनिल यादव घाइते भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । घाइते विद्यार्थी यादव सिरहाको दक्षिणी क्षेत्रमा पर्ने सिलोर्वा पछ्वारी गा.वि.स.को लडकन्हाको स्थायी बासिन्दा हुन् । खुकुरी प्रहारबाट यादवको बायाँ हातको बूढी औंला काटिएको र शरीरमा दुई भागमा चोट लागेको प्रहरी नायव उपरीक्षक चतुर्वेदीले उल्लेख गरे । मंगलबार भएको खुकुरी प्रहारबाट घाइते यादवको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि धरानस्थित वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । आफ्नो साथीमाथि खुकरी प्रहरी भएपछि आक्रोशित विद्यार्थीहरुले दिउँसो तीन बजेदेखि करिब दुई घण्टा पूर्व पश्चिम सडक अबरुद्ध गरेका थिए । प्रहरीले अबरुद्ध सडक सामान्य बल प्रयोग गरी खुलाएको छ । खुकुरी प्रहरी गर्ने समूहमा रहेका युवाहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ । क्याम्पसका प्रिन्सिपल मनोज कर्णका अनुसार पुरानो रिसइवीको आधारमा बाहिरबाट आएको अपरिचित युवाहरुको समूहले कलेजमा छुट्टी भएर साथीहरुसँग डेरा फर्किरहेका यादवलाई दिउँसो तीन बजेतिर क्याम्पसदेखि डेढ सय मीटर पूर्व मुख्य सडकमै खुकुरी प्रहार गरेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports