Incident Reports

विद्यार्थी कुट्ने शिक्षक पक्राउ

2015-03-31

Madhes, Siraha, Lahan

लहान ८ स्थित जिविस द इलाईट बोर्डिङ स्कुलका विद्यार्थीलाई कुटपिट गर्ने दुईजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। यो स्कुलमा कक्षा ८ पढ्ने सप्तरी मलहनमाका विद्यार्थी विद्याकान्त यादवलाई कुट्ने स्कुलका प्रिन्सिपल कामेश्वर चौधरी र जिवछप्रसाद यादवलाई लहान प्रहरीले पक्राउ गरेको छ। विद्याकान्तलाई पिठ्यूमा निलडाम पर्ने गरि पाईपले कुटेको जाहेरीका आधारमा शिक्षकद्वय चौधरी र यादवलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चतुरबेदीले जानकारी दिए। यादव सो विद्यालयको राम्रो अँक ल्याउने विद्यार्थी हुन। १६ वर्ष मुनीका बालकलाई कुटपिट गरे अपराध ठहरिने भएकोले शिक्षकहरुलाई पक्राउ गरी अनुसन्धान भैरहेको डिएसपी चतुरबेदीले बताए। दुबै जना शिक्षकलाई छुटाउन मंगलबार रातिबाट नै लहान प्रहरीलाई विभिन्न क्षेत्रका व्यति्कबाट दबाव आइरहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments