Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-03-29

Province 1, Panchthar, Tumbewa

Mangal Begha १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा मौवा गाविस– ५ का ३५ वर्षीय भीम मगरलाई प्रहरीले चैत १८ गते गिरफ्तार गरेको छ । पीडितका अभिभावकले दिएको उजुरीका आधारमा उनलाई गाउँबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रविराज थपलियाले बताए । पीडितका अभिभावकले चैत १७ गते आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए । पीडितको सोही दिन जिल्ला अस्पताल पाँचथरमा स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बालिका एक्लै रहेको अवस्थामा चैत १५ गते राति आरोपितले बलात्कार गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ । गिरफ्तार गरिएका आरोपितलाई म्याद थप गरी अनुसन्धान थालिएको इन्स्पेक्टर थपलियाले बताए । आरोपितविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दा दायर गरिने उनले जानकारी दिए। मङ्गल बेघा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments