Incident Reports

मुम्बईमा कोठी सञ्चालन गर्ने सोनु सत्र वर्षपछि पक्राउ

2015-04-02

Bagmati, Kathmandu, Kathmandu

जीउ मास्ने बेच्ने मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेर्को अभियुक्त सोनु भन्ने सरस्वती लामालाई १७ वर्षपछि प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनले मुम्बईमा कोठीसमेत सञ्चालन गर्दैआएको बताइएको छ। केन्द्रीय अनुसन्धान ब्युरोले बौद्धले पक्राउ गरी उनलाई आज काठमाडौँ जिल्ला अदालत पेस गरेकामा अदालतले आजकै मितिदेखि कैद भुक्तानका लागि केन्द्रीय कारागारमा पठाएको छ ।विसं २०५३ भदौमा कृष्ण परियार र रमेश रामसमेतका व्यक्तिले पीडित युवतीलाई बिक्रीका लागि भारतको मुम्बई पु¥याई लामालाई बेचेका थिए । लामाले ती युवतीलाई आफ्नो कोठीमा केही दिन वेश्यावृत्तिमा लगाई पुनः अर्की मीरा भन्नेलाई बिक्री गरेकी थिइन् । पीडितलाई यातना दिएर वेश्यावृत्तिमा लगाइरहेको अवस्थामा भारतीय प्रहरीले उद्धार गरेको थियो । माइती नेपालमा आश्रय लिइरहेकी पीडितले २०५५ साल वैशाख २७ गतेका दिन लामाविरुद्व दिएको उजुरीमा काठमाडौँ जिल्ला अदालतले १० वर्षको कैद फैसला गरेपनि लामा फरार रहँदैआएकी थिइन् ।

0 Comments