Incident Reports

सामूहिक बलात्कारपछि हत्याका आरोपित १४ वर्षपछि गिरफ्तार

2015-04-04

Bagmati, Kathmandu, Kathmandu

Ramesh Prasad Timalsina सामूहिक बलात्कार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका फरार आरोपित झापा चन्द्रगढी–३ का मनोज खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १४ वर्षपछि काठमाडौं नयाँबानेश्वरबाट चैत २० गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । ०५७ असोज २९ गते साँझ झापा चन्द्रगढी नगरपालिका–३ की सन्ध्या राजवंशीको सामूहिक बलात्कारपछि घाँटी थिची हत्या गरेको आरोपमा खड्कालाई ब्यूरोले फैसला कार्यान्वयनको सिलसिलामा गिरफ्तार गरी काठमाडौं जिल्ला अदालतमा पेस गरेको प्रहरीले जनाएको हो । आरोपित खड्कासहित सिताराम बस्नेत र अर्का एकजना हाल फरार रहेका व्यक्तिसमेत तीनजनाले सन्ध्यालाई घुम्न जाने बहानामा बोलाई नजिकैको चारआली जङ्गलमा लगेर बलात्कार गरी घाँटी थिची हत्या गरेको प्रहरीले जनाएको छ । उनीहरूले घटनालाई आत्महत्या गरेको देखाउन मृतकको घाँटीमा डोरी लगाई बकैनाको रुखमा शव झुण्ड्याएको प्रहरीको भनाई छ । कर्तव्यज्यान मुद्दामा पुनरावेदन अदालत इलामको ०५८ चैत २८ को फैसलाले अभियुक्तहरूलाई सफाई दिने गरी गरेको फैसलामाथि परेको पुनरावेदनमा सर्वोच्च अदालतले २०६६ भदौ २९ मा घटनामा संलग्न तीनैजनालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) बमोजिम जन्मकैदको सजाय हुने गरी फैसला गरेको थियो । घटनामा संलग्न सिताराम बस्नेतलाई भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत मङ्सिर १७ गते कोटेश्वर काठमाडौँमा लुकीछिपी बसेको अवस्थामा फेला पारी गिरफ्तार गरेपछि हाल केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् । रमेशप्रसाद तिमल्सिना
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
Total Raped 1
Female Raped 1
INSEC

0 Comments