Incident Reports

सुर्खेतमा बन्दकर्ताले मोटरसाइकल जलाए

2015-04-07

Karnali, Surkhet, Birendranagar

एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको तीन दिने आमहड्तालको पहिलो दिन आज विहान सुर्खेतमा बन्दकर्ताहरुले एउटा मोटरसाइकलमा आगजनी गरेका छन्। बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले सुर्खेतमा एउटा मोटरसाइकल जलाएका छन् । भे ४ प ४४३८ नम्बरको मोटरसाइलक जलाएका हुन् । प्रहरीले बन्द गराउँदै हिड्ने दुई जना माओवादी कार्यकर्तालाई प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा उमेश शाही र दत्तप्रसाद उपाध्याय रहेको एमाओवादीले जनाएको छ । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको बन्दका कारण सुर्खेतको जनजीवन पूर्ण प्रभावित भएको छ । गाडी चलेका छैनन भने विद्यालय, बजार, उद्योगधन्दा पूर्ण रुपमा बन्द छन । प्रहरीले काठमाडौंबाट आएका गाडीलाई भने स्कटिङ गरी वीरेन्द्रनगर पुर्‍याएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Secondary Form Violent demonstration
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments