Incident Reports

बन्दको क्रममा ठाउँ ठाउँमा झडप र तोडफोड

2015-04-07

Bagmati, Kathmandu, Kathmandu

एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले गरेको बन्दका क्रममा विभिन्न ठाउँमा झडप तथा तोडफोड भएको छ । काठमाडौंको बिजुलिबजारमा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । बन्दकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । झडपमा केही प्रर्दशनकारी र प्रहरी घाइते भएका छन् ।

पक्राउ परेका प्रदर्शनकारीलाई छुटाउने क्रममा झडप भएर शान्त बनेको विजुली बजार क्षेत्र पुनः तनावग्रस्त बनेको छ । प्रर्दशनकारीहरुले जलाउन लागेको बाइकलाई प्रहरीले बचाउन खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । बुद्धनगरबाट आएको बा ३२ प ६६५५ नम्बरको सिबिजी मोटरबाइकलाई प्रदर्शनकारीहरुले जलाउन खोजेका थिए । तर, प्रहरी आएर आगो निभाएपछि झडप शुरु भएको हो । प्रहरीले लाठीचार्ज तथा प्रदर्शनकारीले यतिबेला ढुंगामुढा गरिरहेका छन् । प्रहरीको लाठी प्रहारबाट अखिल क्रान्तिकारी त्रि चन्द्र कलेजका उपाध्यक्ष नवराज कार्की घाइते बनेका छन् । त्यस्तै अन्य आधा दर्जन घाइते बनेका छन् । उनीहरुको त्यही प्राथमिक उपचार गरिएको छ । प्रहरीले दुईजना प्रदर्शनकारीलाई पक्रेर लगेको छ । झडपपछि यतिबेला आन्दोलनकारीहरु उनीहरुको रिहाईको माग गर्दै नाराबाजी गरिरहेका छन् । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Arson
Weapons Blunt weapon , Other
Primary Cause Other political issues
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
National/Online Media

0 Comments