Incident Reports

होस्टलभित्रै खुकुरी प्रहार हुँदा दुई विद्यार्थी सख्त घाइते

2015-04-05

Province 1, Sunsari, Duhabi

विराटनगरस्थित मोरङ क्याम्पसको होस्टलमा बस्ने विद्यार्थीमाथि खुकुरी प्रहार हुँदा दुई जना सख्त घाइते भएका छन् । आफूलाई युथफोर्सका कार्यकर्ता बताउने समूहले आज बिहान अचानक होस्टलभित्र पसी विद्यार्थीमाथि रड र खुकुरी प्रहार गर्दा होस्टलमा बस्ने विद्यार्थी सप्तरी घर भएका दुर्गाप्रसाद यादव र रामअवतार मण्डल सख्त घाइते भएका हुन् । अर्कै कलेजमा पढ्ने विद्यार्थीको समूह प्रायः मोरङ कलेजको होस्टलमा आएर मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र विद्यार्थीलाई हप्कीदप्की गर्ने गरेका थिए । उक्त कुराको विरोध गर्दा सोमबार साँझ होस्टलका विद्यार्थी र युथफोर्स कार्यकर्ता बताउनेहरुबीच झगडा पनि भएको थियो । सोही झगडाको बदला लिन आज बिहानै ५ बजे नवराज कार्कीसहितको समूह हातहतियार लिई होस्टलमा पसेर विद्यार्थीमाथि अन्धाधुन्ध प्रहार गरेर फरार भएको विद्यार्थी नेता देवा यादवले बताए । उनकाअनुसार गुण्डागर्दीमा संलग्न युवाको समूहले आक्रमण गर्दा होस्टलमा बस्ने बरदान, जयप्रकाशलगायत पाँच जना विद्यार्थीलाई पनि चोटपटक लागेको छ । सख्त घाइते भएका विद्यार्थीको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरु को–को थिए भन्नेबारे अनुसन्धान भइरहेको र हालसम्म कसैलाई पक्राउ नगरिएको मोरङ प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी गराए । घाइते विद्यार्थीहरु एकीकृत नेकपा ९माओवादी० निकट अखिल क्रान्तिकारी समर्थकहरु हुन् । तीस दलीय मोर्चाले सोमबार साँझ निकालेको मसाल जुलुसमा सहभागी भएर फर्किएका अखिल क्रान्तिकारी समर्थित ती विद्यार्थीलाई सोमबार नै युथफोर्सका कार्यकर्ता बताउने युवाको समूहले कुटपिट गरेको थियो । होस्टलमा झगडा भएपछि राति अबेरसम्म छलफल गरी प्रहरी कार्यालयमा मिलापत्र गर्ने सहमति बनाएका उनीहरुलाई आज बिहानै खुकुरी प्रहार भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon , Sharp weapon
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
Total Injured 7
National/Online Media

0 Comments