Incident Reports

आन्दोलनकारी र सरकारबीच ६ बुँदे सहमति, रौतहट सदरमुकाम बन्द फिर्ता

2015-04-08

Madhes, Rautahat, Gaur

रौतहटको सदरमुकाम गौरमा उद्योग वाणिज्य संघको अगुवाइमा चैत २ गतेदेखि जारी रहेको आन्दोलन बुधबार बिहानदेखि फिर्ता भएको छ। सरकारले चन्द्रनिगाहपुरमा सेवा केन्द्र स्थापना गर्न लागेको बिरोधमा चैत २ देखि आन्दोलन हुँदै आएको थियो। आन्दोलनकारीले चन्द्रनिगाहपुरमा सेवा केन्द्र स्थापना गर्ने सरकारी निर्यण खारेज गर्नुपर्ने माग गर्दै आएका थिए। आन्दोलनका क्रममा सशस्त्र प्रहरीको भ्यानको ठक्करबाट गौर नगरपालिका १० का रामआषिस ठाकुरको ज्यान गएपछि शनिबारदेखी आन्दोलन थप चर्किएको थियो। आन्दोलनको कारण जिल्लाको जनजीवन अस्तव्यस्त भएपछि स्थानीय प्रशासन, उद्योग वाणिज्य संघ, नागरिक समाज, निर्माण व्यवसायी संघ र नेपाल पत्रकार महासंघको सहभागितामा भएको बार्तापछि आन्दोलन फिर्ता भएको हो। मंगलबार राति १२ बजेसम्म चलेको बार्तामा आन्दोलनकारी र प्रशासनबीच ६ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए। बार्तामा सशस्त्र प्रहरीको ठक्करबाट ज्यान गुमाएका ठाकुरलाई सहिद घोषणको सिफरिस गर्ने, मृतक परिवारलाई ८ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने, आन्दोलनको क्रममा भएका घटनाबारे छानविन टोली गठन गर्ने, मृतकका परिवारका एक सदस्यलाई सीपअनुसारको सरकारी जागिर दिने सहमति भएको रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष कन्ठमणि प्रसाद जयसवालले बताए। बन्द फिर्तासँगै सदरमुकाम गौरका बजार आज बिहानदेखि खुलेको छ।

0 Comments