Incident Reports

डर, धम्की देखाएर १७ वर्षीया किशोरी बलात्कार

2015-01-18

Bagmati, Sindhuli, Hariharpurgadhi

सिन्धुलीको पिपलमाढी गाविसकी एक किशोरी गाइबस्तु चराउन गएका बेला जंगलमा बलत्कारको शिकार बनेकी छिन्। स्थानीय १७ वर्षकी किशोरी जंगलमा गाइबस्तु चराउन गएकी वेला पिपलमाढी गाविस-९ का देवराज जिम्वाले बलत्कार गरेका हुन्। जंगलमा एक्लै भएको मौकाछोपी जिम्बाले किशोरीमाथि जबरजस्ती गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक तथा प्रवक्ता राजेन्द्र थापाले जानकारी दिए। जिम्वाले गत माघ ४ गते नै ति किशोरीमाथि बलत्कार गरेको आरोप लागेको भएपनि पिडकको दवावका कारण घट्ना लामो समयसम्म सार्वजनिक हुन नसकेको बताइएको छ। 'जिम्वाले ती किशोरीमाथि डर धम्की देखाएर बलत्कार गरेको उनका आफन्तहरुले जनाएका छन्,' प्रहरी प्रवक्ता थापाले भने, 'घट्ना दुई महिना अघिनै घटेको भएपनि पीडकका आफन्तको डरले ढिलो गरी सार्वजनिक भएको हो।' घट्नापछि जिम्वा भने फरार रहेको प्रहरीको भनाई छ। किशोरीका आफन्तले जिल्ला प्रहरी कार्यालयमा जवरजस्ती करणी उद्योगसम्बन्धी मुद्धा दर्ता गराएका छन्। पिडितको उजुरीको आधारमा आवश्यक कारबाहीका लागि प्रहरीले उक्त मुद्धालाई जिल्ला अदालत सिन्धुलीमा दर्ता गराएको छ। मुद्धा दर्तापछि जिल्ला अदालत सिन्धुलीले घट्नापछि फरार जिम्वाको खोजी कार्यको लागि वारेन्ट जारी गरेको छ। फरार जिम्बाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। घट्नालाई गाउँघरमै मिलाउनका लागि दवाव दिएको भन्दै पिडित पक्ष न्यायको खोजि गर्दै सदरमुकाम आएको अन्तर पार्टी महिला सन्जाल सिन्धुलीकी अध्यक्ष शान्ता पाख्रिनको भनाई छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments