Incident Reports

पति गुमाएकी रेखाले ‘नागरिकता’ पाइनन्

2015-04-08

Madhes, Saptari, Kanchanrup

१२ वर्षअघि अन्तरजातीय विवाह गरेकी सप्तरीकी रेखा परियारका पतिको मृत्यु भएपछि उनले नागरिकता प्राप्त गर्न कठिन भएको छ । रेखाले २०६० असोज १२ गते सप्तरी जिल्ला धरमपुर गाविस–८ निवासी राजनप्रसाद निरौलासँग प्रेम विवाह गर्नुभएको थियो । श्रीमान् निरौलाको २०७० साल जेठ ८ गते दुर्घटनामा मृत्यु भयो । 'माइतीतर्फको नागरिकता छैन, विवाह दर्ता पनि छैन, छोराछोरीको जन्म दर्ता नहुँदा विद्यालय भर्नामा समेत समस्या भएको छ', उनले भनिन्, ' नागरिकताका लागि पतिको आफन्त चाहिँदोरहेछ, तर उहाँहरू नागरिकता दिन चाहनुहुन्न ।' रेखाका एक छोरा र एक छोरी छन् । रेखालाई संरक्षण दिँदै आएको गैरसरकारी संस्था उज्यालो जीवनकी अध्यक्ष शर्मिलाकुमारी पन्तका अनुसार रेखालाई सप्तरीमा जान आउन पनि पतिका आफ्न्तले रोक्दै आएका छन् । सम्बन्धित निकाय, सरोकार राख्ने सङ्घसंस्थासँग रेखाले आफूलाई न्याय दिलाउन आग्रह गरेकी छन् । हाल काठमाडौँमा ज्यामी काम गरेर आफ्नो गुजारा चलाइरहेकी रेखाका अनुसार दुई कक्षा पढ्दै गरेकी छोरी करूणालाई वैशाख २ गतेभित्र विद्यालयले जन्म दर्ता लिएर आउन भनेको छ । जन्म दर्ता नभएको अवस्थामा विद्यालय भर्नामा समस्या आउने छ । विवाह दर्ता, छोराछोरीको जन्मदर्ता गराउनका साँथै पाउनुपर्ने अंश समेत दिलाईदिन राष्ट्रिय दलित आयोगले जिल्ला प्रशासन कार्यालयलाई निवेदनसमेत पेस गरिसकेको छ । 'मसँग सबै प्रमाण छ, तर सम्पत्ति दिनुपर्छ भनेर उहाँहरूले विवाह दर्ता र नागरिकता दिन आलटाल गर्दै आएका छन् ।'

0 Comments

Related Trend Analysis