Incident Reports

हत्यामा संलग्नलाई सर्वस्वसहित जन्मकैद

2015-04-08

Bagmati, Bhaktapur, Suryabinayak

भक्तपुरको चाँगुनारायणका विशाल भनिने विश्वराम थापाको हत्यामा संलग्न रहेको आरोपमा सोही स्थानका कुमार पहरीलार्ई भक्तपुर जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला भएको छ । थापाको हत्यामा संलग्न रहेको आरोपमा पक्राऊ परेका लुरे भनिने कुमार पहरीलाई भक्तपुर जिल्ला अदालतका न्यायाधिस लेखनाथ ढकालको इएजलासले बुधबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो । पसल राख्छु भनेर आमासँग ११ हजार रुपैयाँ लिएर साँझ घरबाट निस्केका थापालाई बाटोमा स्थानीय गोकर्ण थापा, दिपक थापा समेतले कुटपिट गरि हत्या गरेको कुमार पहरीले स्वीकारेका छन् । हत्या गरेपछि दिपक थापाको घरबाट कोदालो ल्याई खाल्डो खनेर पुरेपछि तीनैजनाले थापाको साथमा रहेको १० हजार ५०० रुपैयाँ र मोवाईल नौ हजार रुपैयाँमा बिक्री गरि तीनै जनाले रकम लिएकोसमेत पहरीले स्वीकारेको प्रहरीले जनाएको छ । पाँचदिन पछि कुकुरले खोस्रिए पछि हत्याको रहस्य खुलेको थियो । हत्या पछि विदेश गएका पहरी नेपाल आए लगत्तै प्रहरीले पक्राऊ गरेको थियो । अदालतले पहरीलाई ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद (२० वर्ष कैद), चोरी मुद्दामा ३९ हजार जरिवाना तथा थप चार बर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेष्तेदार खड्गराज अधिकारीले जानकारी दिनुभयो । हत्यामा संलग्न रहेको पुष्टी गर्दै २०६९ साल साउन १५ गते भक्तपुर जिल्ला अदालतका न्यायाधिस रामप्रसाद वलीको ईजलासले दिपक थापा र गोकर्ण थापालाईसमेत जन्म कैदको फैसला सुनाए पनि पुनरावेदन अदालतले भने ती दुईलाई सफाई दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports