Incident Reports

अटोमेटिक पेस्तोलसहित २० वर्षे पक्राउ

2015-04-09

Madhes, Siraha, Golbazar

सिरहाको मिर्चैया नगरपालिका– ५ का एक युवकलाई अटोमेटिक पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय २० वर्षीय घुसका भन्ने सञ्जय मण्डल रहेका छन्। विशेष सुराकीको आधारमा मण्डललाई नियन्त्रणमा लिएर शरीर जाँच गर्दा अटोमेटिक पेस्तोल र सोमा लाग्ने चार राउण्ड गोली बरामद गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिए। उनका अनुसार मण्डल बलात्कार मुद्दामा दुई वर्ष जेल सजाय काटेका व्यक्ति हुन् । पेस्तोल कहाँबाट ल्याएको र किन राखेको विषयमा मण्डलमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खतिवडाले बताए। रासस

0 Comments