Incident Reports

३० दलीय मोर्चाद्वारा गौर आन्दोलन फिर्ता

2015-04-09

Madhes, Rautahat, Gaur, Ward 2

३० दलीय मोर्चाले गौर आन्दोलन फिर्ता लिएको छ । सरकारले रौतहटको सदरमुकाम गौरबाट मालापाेत र नापी कार्यालयकाे इकार्इ सेवा केन्द्र चन्द्रनिगाहापुरमा सार्ने निर्णय गरेपछि त्यसको विरोधमा चैत २ गतेदेखि गौरमा आन्दोलन सुरु भएको थियो । उद्योग बाणिज्य संघ गौरको नेतृत्वमा सुरु भएको आन्दोलनलाई विपक्षी ३० दलीय मोर्चाले चर्काएका थिए । आन्दोलन चर्किएपछि सरकारले सेवा केन्द्र सार्ने निर्णय फिर्ता लिएको छ । प्रहरीको गाडीको ठक्करबाट ६ दिनअघि मृत्यु भएका रामअशिष ठाकुरको शोक सभामा आन्दोलन फिर्ता लिएको घोषणा गरिएको हो । सभामा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवसहित विपक्षी मोर्चा सम्बद्ध दलका स्थानीय नेताहरुले बोलेका थिए । गौरबासीले उठाएका मागहरु आफ्ना केन्दि्रय नेताले केन्दि्रयस्तरमै समाधानको लागि पहल गर्ने आश्वासन दिएपछि आन्दोलन फिर्ता लिएको नेताहरुले बताएका छन् ।

0 Comments