Incident Reports

बोक्सी आरोपमा कुटपिट गरेको भन्दै उजुरी

2015-04-08

Lumbini, Rolpa, Rolpa

Madhab Kumar Oli लिबाङ नपा–६ की ४४ वर्षीया रुकमाली डाँगीले छिमेकी ३८ वर्षीया विमला डाँगी, २० वर्षीय मनोज डाँगी र २२ वर्षीय टेकबहादुर डाँगीले आफूलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको भन्दै चैत २६ गते जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएकी छन् । चैत २५ गते राति ११ बजे आफुलाई सुतिरहेको अवस्थामा एक्कासी आएर ‘यो बोक्सी हो, यसलाई मार्नु पर्छ’ भन्दै लठ्ठी र मुक्का प्रहार गरेको भन्दै पीडितले आफ्नो ज्यानको सुरक्षाका गरीदिन उजुरीमा आग्रह गरेकी छन् । उनको उपचार स्थानीय एक मेडिकलमा भएको छ । उजुरीका आधारमा आरोपितहरूलाई झिकाउन निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी रमेश थापाले बताए । माधवकुमार ओली
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments