Incident Reports

विप्लव माओवादीद्धारा चार सय रोपनी जग्गा ‘कब्जा’

2015-04-09

Bagmati, Nuwakot, Likhu, Ward 9

थानसिङ गाविस–१ र २ कुस्मेथलीमा रहेको ४ सय ५२ रोपनी जग्गा नेकपा माओवादी विप्लव समूहले चैत २६ गते कब्जा गरेको घोषणा गरेको छ । नेकपा माओवादी (विप्लव) का जिल्ला सचिवालय सदस्य नारायण नेपालको नेतृत्वमा गएको १० जनाको समूहले जग्गामा पार्टीको झण्डा गाडेर कब्जा गरेको घोषणा गरेको हो । राजपरिवारसँग नाता जोडिएको भनिएका दिवाकर चन्दको नाम रहेको भनिएको उक्त जग्गा जग्गा कमाउनेहरूलाई थाहै नदिई बेच्न खोजेको भन्दै कब्जा गरिएको नेकपा माओवादीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । जिल्ला सेक्रेटरी मिना वाइवाद्वारा जारी विज्ञप्तिमा थानसिं गाविस–१ र २ मा रहेको सो जग्गामा हाल २७ परिवार बसोवास गर्दै आएकोले जग्गा बिक्री वितरण नगर्न र कमाउने किसानलाई नै जग्गा दिन माग गरिएको छ । नेकपा माओवादीका सचिवालय सदस्य नारायण नेपालले जमिन जमिनदारको नभई उपभोग र जोत्ने किसानको हुनुपर्ने भन्दै स्थानीयवासीको जग्गा प्राप्तिको आन्दोलनमा आफूहरू जस्तोसुकै मूल्य चुकाउन पछि नहट्ने चेतावनी दिए । यसअघि २०५७ साउन १५ गते पनि तत्कालीन नेकपा माओवादीले सो जग्गा कब्जा गरेको घोषणा गरेको थियो । २०२२ सालदेखि बसोवास गर्दै आएको जग्गामा आफूहरूलाई झुक्याएर दिवाकर चन्दले नापीको समयमा आफ्नो नाममा कागजपत्र तयार गरेको जग्गा उपभोग गर्दै आएका रामकृष्ण विकले बताए । हाल उक्त जग्गामा केही नयाँ नयाँ मानिसहरू ‘यो जग्गा हाम्रो भइसक्यो । तिमीहरूले छाड्नु पर्छ’ भन्दै आउने गरेको जग्गा उपभोग गर्दै आएका विकले बताए । तत्कालीन समयमा तीन घरबाट बढेर अहिले २७ परिवार बसोवास गर्दै आएको छ । लामो समयदेखि बसोवास गर्दै आएका स्थानीयहरूले आफूहरूले लामो समयसम्म उपभोग गरेका जग्गा आफूहरूले नै पाउनुपर्ने बताएका छन् । नवदीप श्रेष्ठ
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
INSEC

0 Comments