Incident Reports

छुरा हानेर श्रीमतीको हत्या

2015-04-10

Province 1, Jhapa, Damak

झापाको दमकमा शुक्रवार श्रीमानले छुरा हानेर श्रीमतीको हत्या गरेका छन् । दमक नगरपालिका ११ घर भई हाल दमक ५ मा बस्दै आएका ३५ बर्षका भिषन खड्काको छुरा हानेर श्रीमती रिना खड्काको हत्या गरेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बिहान करिब साढे १० बजे श्रीमानको छुरा प्रहारबाट खड्का गम्भीर घाइते हुनुभएको थियो । छातिमा छुरा लागी घाइते हुनुभएकी ड्काको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने मृतकका श्रीमान भिषन खड्कालाई प्रहरीले प्रक्रेका छ । छुरा प्रहार गर्ने खड्का मानसिक रोगी रहेको जानकारी प्राप्त भएको र त्यसवारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भिमप्रसाद शिलवालले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Others
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments