Incident Reports

प्रहरीसँगको झडपमा एमाले कार्यकर्ता घाइते

2015-04-11

Gandaki, Baglung, Baglung, Ward 3

(Update)-उपनिर्वाचनको क्रममा पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै सुरक्षा पोष्टमा पुगेका एमाले कार्यकर्ता र प्रहरीबीच शनिबार बेलुका झडप भएको छ। झडपमा आफ्ना २० जना कार्यकर्ता घाइते भएको एमाले जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले बताए। झडपमा देव बोहोरा, सुमन बोहोरा, ज्योती बोहोरा, सम्पन्न श्रेष्ठ गम्भीर घाइते भएको र अन्यको अवस्था भने सामान्य रहेको एमाले बाग्लुङका प्रचार विभाग प्रमुख रामकृष्ण शर्माले बताए। देबको अवस्था गम्भिर भएकोले थप उपचारका लागि पोखरा पठाएको शर्माले जानकारी दिए। गायक रामजी नेपालीको आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ परेका दुई आफ्ना कार्यकर्तालाई रिहा गर्न आग्रह गर्दै एमाले नेता प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल र प्रहरी नायब उपरीक्षक प्रेमबहादुर बस्नेत समक्ष पुगेका थिए। छलफल चलिरहँदा एमलो कार्यकर्ताले जबरजस्ती प्रदर्शन गरेपछि झडपको अवस्था सृजना भएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर बस्नेतले बताए। प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायमा प्रमुखसँग एमालेहरुको छलफल चलिरहँदा शनिबार राती १० बजे एमाले कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेका थिए। 

(Updated)--कार्यकर्ता छुटाउन माग गर्दै एमाले नेता आमरण अनसन गायक रामजी नेपालीको आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता छोड्न दबाब दिन नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपाली आमरण अनसन बसेका छन्। नेपाली जिल्ला प्रहरी कार्यालय, बागलुङ अगाडी सोमबार बिहानदेखि अनसन सुरु गरेका हुन्। पक्राउ परेका निर्दोष कार्यकर्तालाई नछोडेसम्म अनसन जारी रहने नेपालीले बताए। प्रहरी प्रशासनमा भएको छलफलबाट टुंगो नलागे पछि नेपाली अनसन बसेका हुन्।निर्वाचनको अघिल्लो एमाले कार्यकर्ताको आक्रमणमा परी घाइते भएका बागलुङ नगरपालिका—८का रामजी नेपालीको खुट्टा भाँचिएर पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार पछि थप उपचारको लागि काठमाडौ लगिएको छ। नेपालीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एमाले कार्यकर्ता टकबहादुर बोहरा, कर्णबहादुर बोहरा, पप्पु बोहरा, विदुरबहादुर बोहरा र कर्णबहादुर बोहरालाई पक्राउ गरेको थियो। उनले आफ्ना कार्यकर्ता छुटाउन अरु बिकल्प नभएपछि शान्तिपूर्ण अनसन बसेको उनले बताए।'निर्वाचनको क्रममा लागेर पक्राउ पर्नु भएको सवै साथीहरुलाई पहल गर्न सवैमा आग्रह गर्दछु,' आमरण अनसन बस्न सुरु गर्दा नेपालीले भने, 'कार्यकर्ता रिहा नहुँदासम्म अनसन जारी राख्छु।'नेपालीले पक्राउ परेका कार्यकर्ता छुटाउन कुनै राजनीतिक नजरले नहेर्न आग्रह गरे। 'विजयी चम्पादेवी खड्काका पनि उहाँहरु नागरिक हो,' नेपालीले भने, 'कार्यकर्ता छुटाएर मात्र विजय र्‍याली गर्नुहोस्।' एमालले तित्याङ गाविसमा एमाले जिल्ला सचिवालय सदस्य प्रेम केसीको घरमा कांग्रेस कार्यकर्ताले आक्रमण गरेको भन्दै सवै समस्यालाई प्याकेजमा समाधान गर्न आग्रह गरेको छ। कार्यकर्ता छुटाउन दबाब दिन गएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप हुँदा नेकपा एमालेका सम्पन्न श्रेष्ठ, आशिक बोहोरा, सुमन बोहोरा, ज्योती नेपाली लगायत गणेश थापा मगर, डिल्लीराज गौतम घाइते भएका थिए। सोही घटनामा प्रहरीले दिपेन्द्र बास्कोटालाई नियन्त्रणमा लिएको थियो। यता प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले अनसन बसेर, जुलुस निकाले वा जबरजस्ती गरेर पक्राउ परेका व्यक्तिलाई छाड्न नसकिने बताए। ' पीडित पक्षले छुट नदिएसम्म कानुनी प्रक्रिया अघि बढ्छ,' पौडेलले भने, 'दुई पक्षबीच सहमति भए मात्र समस्याको समाधान हुन्छ।' उनले अनसन बसेर थुनामा रहेको व्यक्तिलाई छोड्नु पर्छ भनेर कहीँ कतै कानुनमा नलेखेको बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Other forms of non-violent protest
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Entity CPN-UML
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth noyouth
Total Injured 4
National/Online Media

0 Comments

Related Reports