Incident Reports

बलत्कारपछि हत्या गरिएकी वृद्धाको परिवारलाई घर

2015-04-05

Lumbini, Gulmi, Kaligandaki

गाउँको एकान्तमा ढोकाबिनाको झुपडीमा बस्दै आएकी ६९ वषर्ीया वृद्धा । न परिवार छन् न त नजिकमा छिमेकी । बोल्न पनि नसक्ने र कान कम सुन्ने तिनै वृद्धालाई ४० वषर्ीय व्यक्तिले बलात्कार गरी हत्या गरे । उनको हत्याको खबर दुई दिनपछि मात्र सार्वजनिक भयो । गाउँ शोकमा डुब्यो । ४ दिनपछि हत्यारा पक्राउ परे । दुर्गम हर्मीचौर ३ की वृद्धा देउरुपा सापकोटालाई बलात्कार गरी हत्या गरेको खबरपछि गाउँसँगै जिल्ला र विदेशमा पुगेकालाई शोकमा डुबायो । त्यही शोक मेटाउन र बाँचेका विपन्न परिवारका सदस्यको सहयोगका लागि हर्मीचौर घर भई हाल अमेरिका रहेका डोलराज पाण्डेले जग्गासहित झन्डै ५ लाख लागतमा घर बनाइदिए । त्यही घरमा देउरुपाका ७० वषर्ीय श्रीमान् लक्ष्मीपति र १९ वषर्ीय छोरा थीरलाललाई सहज भएको छ । 'एकान्त बस्तीकै कारण वृद्धाले बलात्कारपछि ज्यान गुमाउनुपर्‍यो,' दुईतले घर हस्तान्तरणपछि पाण्डेले भने, 'बाँचेका श्रीमान् र छोरा बाक्लो बस्ती बीचमा बसाउन मन लागेकाले घर बनाइदिने निर्णय गरेको हुँ ।' पाण्डेले आपmनी आमा सुमित्रामार्फत घर हस्तान्तरण गराएका थिए । विपन्न सापकोटा परिवार दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आएका छन् । वृद्धाको हत्या भएको श्रीमान् खाने खर्च नभएपछि मकै खोज्न गएका थिए । छोरा एक महिनाअघि मात्र काठमाडौंमा होटलमा काम गर्थे । खाने खर्च जुटाउन बेंसी झरेका श्रीमान् त्यही दिन र्फकन नसकेकाले वृद्धामाथि घटना घट्यो । बूढाले भने यो खबर भोलिपल्ट साउन २३ गते मात्र थाहा पाएका थिए । 'घटना निकै दर्दनाक थियो,' स्थानीय तिलाचन पाण्डेले भने, 'अहिले रोजगारीका लागि विदेश पुगेकाले गरेको सहयोगले उनीहरुलाई राहत मिल्यो ।' पाण्डेले सापकोटा परिवारलाई बगैंचासहित पक्की शौचालय भएको घर दिए । लक्ष्मीपतिले प्लास्टरसहितको घर पाउँदा खुसी भएको बताए । 'यो घरमा बूढी पनि भए कस्तो हुने थियो,' आँसु झार्दै उनले भने । गुल्मीको हर्मीचौर गाविस ३ मा बलात्कारपछि हत्या गरिएकी देउरुपाका परिवारलाई डोलराज पाण्डेले बनाइदिएको घर ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Murder/attempted Murder
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Total Raped 1
Female Raped 1
Youth Abducted 00
National/Online Media

0 Comments