Incident Reports

पत्रकारलाई वाइसीएलको धम्की

2015-04-12

Bagmati, Kabhrepalanchok, Dhulikhel

 एकीकृत माओवादी समर्थित वाइसीएल कार्यकर्ताले कमाण्डर पोष्टका स्थानीय संवाददाता डाँडागाउँ गाविस–३ बाँसघारीका १९ वर्षीय बुद्ध लोप्चनलाई केही दिनअघि प्रकाशित वैदेशिक रोजगारसम्बन्धी समाचारको विषयलाई लिएर चैत २९ गते मार्ने धम्की दिएको बताएका छन् । वाइसीएलका जिल्ला कोषाध्यक्ष बल्थलीका कार्साङ लामा, ठूलोपर्सेलका देवराज लामा र डाँडागाउँका मानबहादुर गोलेले ३ दिनदेखि फोनमार्फत मार्ने धम्की दिँदै भेट्न बोलाएको उनले बताए । इलाका प्रहरी कार्यालय अगाडि भेट्न जाँदा चैत २९ गते विहान कुट्न खोजेकाले उनीसँगै रहेका उग्रतारा गाविस–१ जनागाल का २८ वर्षीय स्थानीय पत्रकार देवराज केसीले छेक्ने क्रममा हातपात गरिएको पीडितले जनाए । फोनबाट ‘तेरो दुवै खुट्टासमेत भाँचिदिने भनेको’ पत्रकार लोप्चनले बताए । कुटपिटमा संलग्नहरूलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बतायो । धम्की दिनेहरू म्यानपावरको स्थानीय एजेण्ट हुन् भने पीडित लोप्चन एमाओवादी निकट क्रान्तिकारी पत्रकार संघका सदस्य हुन् । घटनापछि स्थानीय सञ्चार संस्थाहरूले घटनाको भत्र्सना गर्दै विज्ञप्ति निकालेर प्रमुख जिल्ला अधिकारीलाई सुरक्षाको माग गर्दै ज्ञापन–पत्र दिएका छन् । भोजराज तिमल्सिना
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Threat/intimidation
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
INSEC

0 Comments