Incident Reports

कार्यालयभित्रै मृत भेटिए गाविस सचिव

2015-04-11

Madhes, Saptari, Rupani

सप्तरीको बसबिट्टी गाविसका सचिव नवीनकुमार राई आज कार्यालयभित्रै मृत फेला परेका छन्। बिहान कार्यालय पुगेका गाविस कार्यालयका प्राविधिक सहायकले सचिव राईलाई कार्यालयभित्रै मृत अवस्था देखेपछि प्रहरीलाई खबर गरेको थियो। राति कार्यालयमै सुतेका २९ वर्षीय सचिव राईको कुन कारणले मृत्यु भएको भन्नेबारे केही खुल्न नसके पनि अत्यधिक मादकपदार्थ सेवनका कारण उनको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ। कार्यालयभित्र बान्ता गरेको र शरीरमा कुनै किसिमको चोटपटक नदेखिएको बताइएको छ। खोटाङको विजयखर्क गाविस-८, निवासी सचिव राई विगत एक डेढ वर्षदेखि सो कार्यालयमा कार्यरत रहेको जिल्ला विकास समिति सप्तरीले जनाएको छ। मृतक सचिवको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ। रासस

0 Comments

Related Reports