Incident Reports

किशोरी बलात्कार गर्न खोज्ने एक व्यक्ति कारागार चलान

2015-04-12

Province 1, Khotang, Halesi Tuwachung

स्थानीय एक किशोरीलाई जबरजस्ती बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका खोटाङका एक व्यक्ति कारागार चलान भएका छन् । स्थानीय १३ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका दुर्छिम–५ का ५२ वर्षीय भर्तबहादुर राई कारागार चलान भएका हुन् । गत चैत्र–३ गते पक्राउ परेका राईलाई जिल्ला न्यायाधिस ईश्वरीप्रसाद गौतमको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायव निरीक्षक यादव गौतमले जानकारी दिनुभयो । फागुन–२९ गते राती आफ्नै कोठामा सुतिरहेकी किशोरीलाई जबरजस्ती करणी गर्न खोजेपछि पीडितले दिएको उजुरीको आधारमा उनलाई गत चैत्र–३ गते पक्राउ गरिएको गौतमको भनाइ छ । राईविरुद्ध जबरजस्ती करणी उद्योग अन्तरगत मुद्दा दर्ता गरेर कारबाही थालिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Other Sources

0 Comments