Incident Reports

नेकपा माओवादीद्वारा सर्वसाधारणको जग्गा कब्जा

2015-04-18

Lumbini, Kapilbastu, Banganga

Nandaram Poudel वाणगङ्गा नपा– ८ बवनीका शिवानन्द कुर्मीको १० विगाहा जग्गा वैशाख ५ गते नेकपा मओवादीले झण्डा गाडेर कब्जा गरेको घोषणा गरेको छ । विप्लप माओवादीका जिल्ला सचिव संगम पुनको नेतृत्वमा गएको एक समूहले खेतमा पार्टीको झण्डा गाडी कब्जा गरेको हो । जग्गा जमिन्दारको नभइ किसानको भएकाले कब्जा गरेको पुनले बताए । यहाँ उत्पादन गरेको अन्न भारत लैजाने र जमिनदारहरुको दोहोरो नागरिकता रहेकोले कब्जा गर्नु परेको उनले बताए । माओवादीले जग्गा कब्जा गरेको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पिपरावाट गएको टोलीले जग्गामा गाडेको झण्डा हटाएको प्रहरी उपरीक्षक विक्रम गुरुङले बताएका छन् । सशस्त्र द्वन्द्वको समयमा नेकपा माओवादीले सो जग्गा कब्जा गरेकोमा शान्ति स्थापनापछि फिर्ता गरिएको थियो । नन्दराम पौडेल
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
INSEC

0 Comments