Incident Reports

चिनी मिलको जग्गा माओवादीद्वारा कब्जा

2015-04-20

RSS कञ्चनपुरको सुडा–६ चौखुट्टीमा बन्द अवस्थामा रहेको चिनी मिलको जग्गा नेत्रविक्रम चन्द सम्बद्ध माओवादीले कब्जा गरेको छ । आइतबार पार्टीको झन्डा गाडेर माओवादीले जग्गा कब्जा गरेको घोषणा गरेका छन् । महाकाली खाँडसारी चिनी मिलको दुई बिघा १० कट्ठा जग्गा माओवादीले कब्जा गरेको जनाएको छ । स्थानीयवासीबाट सहुलियत दरमा विद्युत् र बाटो पुर्‌याउने भन्दै खरिद गरिएको जग्गा चिनी मिल सञ्चालक भारतीय मूलका चर्तुभुज मोहपालले महँगोमा बिक्री गरी पुँजी भारततर्फ पलायन गर्न थालेकाले जग्गा कब्जा गरिएको नेत्रविक्रम चन्द (विप्लव) माओवादी सम्बद्ध पार्टीका नेता राजेन्द्र विष्टले बताए । उनले कब्जा गरिएको जग्गामा भूमिहीन र सुकुम्वासीको बस्ती बसाउने योजना रहेको उल्लेख गरे । यसैगरी चन्द नेतृत्वकै नेकपा (माओवादी)ले सिन्धुपाल्चोकका विभिन्न गाविसमा रहेको ३०० रोपनी जग्गा कब्जामा लिएका छन् । माओवादी सशस्त्र युद्धका बेला कब्जा गरेको जग्गा भूमाफियाले बेचबिखन गर्न लागेको भन्दै बाध्य भएर आफूहरुले जग्गा कब्जामा लिएको माओवादीले जनाएको छ । सिन्धुपाल्चोकको भीमटार–२, ३ र ५, बाँडेगाउँ– ५ र ९ तथा बतासे–२ मा नेत्रविक्रम काजीको नाममा दर्ता भएको ३०० रोपनी जग्गा माओवादीले कब्जामा लिएको हो । राजनीतिक द्वन्द्वको समाधान भइनसकेको, भूमिसुधार ऐनअन्तर्गत पनि हदबन्दीभन्दा बढीको अवस्थामा रहेको भन्दै माओवादीले जग्गा बेचबिखन गर्न नदिएको हो । सामन्त जमिन्दार र भूमाफियाविरुद्ध वैज्ञानिक र क्रान्तिकारी भूमिसुधार प्रणालीबाट राज्यको नीति नबनेसम्म जग्गा कब्जालाई निरन्तरता दिने नेकपा (माओवादी)का जिल्ला सेक्रेटरी कमल माझीले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments