Incident Reports

भक्तपुरका इँट्टाभट्टामा रोल्पाली बालबालिकाको उद्धार

2015-04-19

Lumbini, Rolpa, Sunchhahari

भक्तपुरका विभिन्न इँट्टाभट्टाबाट उद्दार गरिएका रोल्पाका बालबालिकालाई आइतबार अभिभावकको जिम्मा लगाइएको छ। बालश्रमिकका रूपमा इँट्टाभट्टामा काम गरिरहेका एक बालिका र पाँच बालकलाई सदरमुकाम लिवाङमा अभिभावक बोलाएर जिम्मा लगाइएको हो। हार्जङ ३ का १५ वर्षीय खिमबहादुर बूढा, गैरीगाउँ ५ का १२ वर्षका कमल बूढा, ह्वामा १ की प्रिया राना, डुव्रिङ २ का १३ वर्षीय कृष्ण घर्ती, १३ वर्षीय अर्जुन विक र ११ वर्षीय राजेश विकलाई अभिभावकको जिम्मा लगाइएको हो। उनीहरू प्राथमिक तहका विद्यार्थी हुन्। पढाइ छाडेर उनीहरू भागेर इँट्टाभट्टामा गएको अभिभावकले बताए। 'भागेर इँट्टाभट्टा गएछ। खोज्दा फेला परेन। धेरैपछि नाइकेले इँट्टाभट्टामा लगेको थाहा पाएँ। फोन गरेर पठाइदिन भनेको थिएँ।' खिमबहादुरका बुबा देवबहादुर बूढाले भने। लहैलहैमा उनीहरू इँट्टाभट्टामा काम गर्न गएको अभिभावकले बताए। सदरमुकामबाट सुदूर गाविसका उनीहरूलाई बाल विकास समाजले उद्दार गरी रोल्पा फर्काएको हो। उनीहरूलाई समाजका भरत थापा र सुस्मिता थापाले सदरमुकाम ल्याएका थिए। समाजकी सुस्मिताले रोल्पा, सल्यान, दाङ र रुकुमबाट २१ बालबालिका उद्दार गरिएको बताइन्। इँट्टाभट्टामा अनुगमनमा जाँदा बालश्रमिकले नाम, थर, उमेर र ठेगानासमेत ढाँट्ने गरेकाले उद्दार गरी अभिभावकको जिम्मा लगाउन गाह्रो हुने गरेको जानकारी दिइन्। 'रोल्पाका नानीबाबुले पनि नामथर ढाँटेकाले अभिभावक पत्ता लगाउन निकै गाह्रो भयो', सुस्मिताले अभिभावकलाई जिम्मा लगाउँदै भनिन्। समाजका राजु थापाले माता इँट्टाभट्टा उद्योगबाट चार, महाशक्ति इँट्टाभट्टा उद्योगबाट एक र सरस्वती इँट्टाभट्टाबाट एक रोल्पाका बालबालिका उद्दार गरिएको बताए। प्रमुख जिल्ला अधिकार लुकबहादुर क्षत्रीले इँट्टाभट्टामा लैजाने नाइकेलाई कडा कारबाही गर्ने चेतावनी दिए। सचेतनामुखी कार्यक्रमलाई वढावा दिने भन्दै अभिभावकले पनि आफ्ना छोराछोरीको विशेष ख्याल गर्न सुझाव दिए। अभिभावको जिम्मा लगाइएका पाँच बालबालिकाले पढ्ने बताए भने एक बालकले सीपमूलक तालिम सिक्ने बताए। सेभ द चिल्ड्रेनको सहयोगमा पढ्न चाहने बालबालिकालाई शैक्षिक सामग्री र सीप सिक्न चाहनेलाई सीप सिकाउन सहयोग गरिने इन्द्र बडुवालले अभिभावकलाई जानकारी दिएका छन्। बर्सेनि इँट्टाभट्टाको सिजनमा जिल्लाबाट धेरै बालबालिका पढाइ छाडेर इँट्टाभट्टामा जाने गरेको बाल संरक्षण अधिकृत गोकर्ण पुनमगर बताउँछन्। प्रजिअ क्षत्रीले इँट्टाभट्टामा जान रोक्नका लागि ठोस रणनीतिक योजना बनाउने बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons None
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Private company
Actor 1 - Youth na
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 6
Female Abducted 1
Youth Abducted 6
National/Online Media

0 Comments