Incident Reports

चन्द माओबादीद्वारा जग्गा कब्जा

2015-04-16

Bagmati, Sindhupalchok, Indrawati

यसैगरी चन्द नेतृत्वकै नेकपा (माओवादी)ले सिन्धुपाल्चोकका विभिन्न गाविसमा रहेको ३०० रोपनी जग्गा कब्जामा लिएका छन् । माओवादी सशस्त्र युद्धका बेला कब्जा गरेको जग्गा भूमाफियाले बेचबिखन गर्न लागेको भन्दै बाध्य भएर आफूहरुले जग्गा कब्जामा लिएको माओवादीले जनाएको छ । सिन्धुपाल्चोकको भीमटार–२, ३ र ५, बाँडेगाउँ– ५ र ९ तथा बतासे–२ मा नेत्रविक्रम काजीको नाममा दर्ता भएको ३०० रोपनी जग्गा माओवादीले कब्जामा लिएको हो । राजनीतिक द्वन्द्वको समाधान भइनसकेको, भूमिसुधार ऐनअन्तर्गत पनि हदबन्दीभन्दा बढीको अवस्थामा रहेको भन्दै माओवादीले जग्गा बेचबिखन गर्न नदिएको हो । सामन्त जमिन्दार र भूमाफियाविरुद्ध वैज्ञानिक र क्रान्तिकारी भूमिसुधार प्रणालीबाट राज्यको नीति नबनेसम्म जग्गा कब्जालाई निरन्तरता दिने नेकपा (माओवादी)का जिल्ला सेक्रेटरी कमल माझीले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN-M (Baidya)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments