Incident Reports

सासू, ससुरा र श्रीमानन्को कुटपिटबाट श्रीमतीको मृत्यु

2015-04-19

Bagmati, Dolakha, Gaurishankar

दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–१३ लामाटोल निवासी ३२ वर्षीया लक्ष्मी तामाङको आज विहान कुटपिटका कारण मृत्यु भएको छ ।आफ्नै सासू, ससुरा र श्रीमान्को कुटपिटका कारण लक्ष्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको प्रारम्भिक अनुसन्धानले जनाएको छ। आइतबार बेलुकी लक्ष्मी श्रीमान् हरि तामाङ, सासू सुन्तली लामा र ससुरा कार्साङ तामाङको कुटाइबाट सख्त घाइते बनेपछि साधारण उपचारका लागि जिल्लास्थित च्छो–रोल्पा जनरल अस्पतालमा उपचार हुन नसकेपछि उनलाई अस्पतालले वीर अस्पताल, काठमाडौँमा रिफर गरेको थियो । वीर अस्पतालमा उनको उपचार हुन नसकेपछि आज बिहान पौने ४ बजे मृत्यु भएको थियो । उनको शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक जीवन लामाले बताए।लक्ष्मीको ६ वर्षीय छोरासमेत रहेको छ । घरमा आफ्नो पक्षका कोही नभइदिँदा र माइती पक्षले ढिला थाहा पाउँदा समयमै उपचार हुन नसकी उनको मृत्यु भएको स्थानीयले बताएका छन् । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments