Incident Reports

विप्लव माओवादीद्वारा एमाओवादी र एमाले नेताको घरजग्गा कब्जा

2015-04-21

Bagmati, Dolakha, Kalinchok

RSS नेकपा माओवादी नेत्रविक्रम चन्द समूहले सिङ्गटीमा एक घर र जग्गा आफ्नो कब्जामा लिएको घोषणा गरेको छ । माओवादी दोलखाले सिङ्गटीस्थित लादुक–८ को पूर्वसांसद एमाओवादी नेता जितवीर लामाको एक कच्ची घर र एमाले नेताले सञ्चालन गर्न लागेको लामिडाँडा–६ को सामुदायिक स्वास्थ्य प्रवद्र्धन केन्द्रको जग्गामा पार्टीको झन्डा गाडी आफ्नो कब्जामा लिएको विज्ञप्तिमार्फत जनाएको छ । दोलखाको २० गाविसका जनताको स्वास्थ्य प्रवद्र्धनका लागि २०६१ साउन २८ गते लिएको एक हजार ६९६ वर्गमिटर जग्गामध्ये २०६८ साल साउन ३२ गते संस्थाकै पदाधिकारी एवम् एमाले नेताहरु कुमार खड्का, प्रकाश केसीले एक हजार २०० वर्गमिटर जग्गा आफ्नो नाममा पास गरेकाले कब्जा गरेको माओवादीले उल्लेख गरेको छ । संस्थाको प्रतिनिधि प्रदीप सिवाकोटीलाई बनाए पनि उनले राजीनामा गरेको पाइएको माओवादीका सेक्रेटरी सञ्जीव नेपालीले बताए । जनसमुदायको लगानी रहेको गैरसरकारी संस्थाको जग्गा आफूखुसी आफ्नो नाममा दर्ता गरेकाले संस्थालाई नै जग्गा फिर्ता नगरेसम्म जग्गा पार्टीले कब्जा गर्ने उनले बताए । खड्का र केसी दुवै एमाले जिल्लास्तरीय नेता हुन् । १० वर्षअघि जग्गा सस्तोमा खरिद गरे पनि अहिले सिङ्गटीको जग्गा लाखौँ मूल्य पर्छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना नजिकैको, लामिडाँडा र लादुकको सङ्गमस्थलको घर र जग्गा सिङ्गटी बजारमा पर्छ । त्यसैगरी पूर्वसांसद जितवीर लामाले दोलखाको लादुक–८ सिङ्गटीमा २०५८ सालमा एउटा कच्ची घर बिक्री गरेर पैसा लिए तापनि पास नगरेको भन्दै घर कब्जा गरेको जनाएको छ । पूर्वसांसद लामाले आपसी सहमतिमा डम्बरबहादुर बुढाथोकीलाई घर बिक्री गरेका थिए । तत्कालीन समयमा घरको मूल्याङ्कन रु ६० हजार गरी पटकपटकमा रु ५५ हजार लिए पनि थप रकम लिएर घर पास गरिदिनुपर्नेमा उल्टै पैसा लिएको प्रमाण दिन धम्कीसमेत दिएको पीडित बुढाथोकीले गुनासो गरे । पार्टीका तर्फबाट लामालाई लिखित र मौखिक रुपमा विगतको आपसी सहमतिअनुसार बुढाथोकीलाई थप पैसा लिएर घर पास गरिदिन गरेको आग्रह अटेर गरेकाले पार्टीले कब्जा गर्नु परेको चन्द माओवादीका अर्का नेता अर्जुन योगीले बताए । लामा २०४८ सालमा एमालेका तर्फबाट दोलखा क्षेत्र नं २ बाट निर्वाचित सभासद् हुन् । एमाले विभाजन हुँदा नेकपा माले हुँदै २०६४ सालमा माओवादी प्रवेश गरेका थिए । लामा एनेकपा माओवादीका केन्द्रीय सदस्य भइसकेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) UML and affiliated org CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments