Incident Reports

सुतिरहेको बेला खुकुरी प्रहार गर्दा पाँच युवक गम्भिर घाइते

2015-04-24

Bagmati, Makawanpur, Bakaiya

रौतहटको चन्द्रपुर नगरपालिकामा सुतिरहेका अन्तरगत एक व्यक्तिले पाँचजना युवकमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका छन् । चन्द्रपुर १० सन्तपुरटोलस्थित ब्रतबन्ध गर्न आफन्तको घरमा आएका पाँचै जना युवकहरु सुतिरहेको अवस्थामा गएराती २ बजे स्थानिय ५५ बर्षीय कृष्ण सापकोटाले अन्धाधुन्ध खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट घाइतेहरुको टाउको र जिउमा गहीरो घाउखत भएका पाँचै जनालाई स्थानिय अस्पतालमा सामान्य उपचार पछी थप उपचारको लागी एम्बुलेन्स बाट चितवन मेडिकल कलेज पठाइएको डिएस्पी नेत्रमणी गिरीले बताएका छन् । घाइते हुनेहरुमा बर्ष १५ का क्रृषी बजगाँइ,१८ का सञ्जय बजगाँइ, वर्ष १९ का शागर बजगाँइ, वर्ष १६ का अरुण पाण्डे र १५ को सुरज पाण्डे रहेका छन् । पर्सा जिल्लाको बिभिन्न गाबिसमा घर भएका सो युवकहरुको सन्तपुर स्थित आफन्तको घरमा हिजो शुक्रवार सामुहिक ब्रतबन्ध भएको थियो । ब्रतबन्ध सकिएर एकैठाँउमा सुतिरहेको अवस्थामा सानो बुवाको नातापर्ने कृष्ण सापकोटाले पटक पटक खुकुरी प्रहार गर्न गरेपछि घरमा रुवाबासी चलेको छ । अभियुक्त सापकोटा भने फरार भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने कुनै कारण हालसम्म नखुलेको र अभियुक्त सापकोटा मान्सिकरोगी हुनसक्ने प्रहरीको प्ररारम्भिक अनुमान रहेको छ । घटनाबारे आवशयक अनुसंधान भइरहेको तथा अभियुक्त सापकोटाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित प्रमुखडिएस्पी सुधिरराज शाहीले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 5
National/Online Media

0 Comments

Related Reports