Incident Reports

महिलाको कङ्काल भेटियो

2015-05-11

Madhes, Saptari, Agnisair Krishna Savaran

सप्तरीमा विगतमा घटेका विभिन्न आपराधिक घटनाहरुमा बेपत्ता र हत्या गरी मारिएकाको खोजी गर्ने क्रममा आज सप्तरीको जन्डोल–८ स्थित मोहनी खोलाबाट एक महिलाको कङ्काल फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीको विशेष अनुसन्धान टोलीले आज खोजी गर्ने क्रममा उक्त कङ्काल भेटिएको हो। प्रहरीको विशेष टोलीले आज उत्खनन् गर्दा मानव कङ्काल भेटिएको नायब प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए। उत्खनन् गरी निकालिएको कङ्काल जिल्लाको जन्डौल गाविस–६ बस्ने धिरेन्द्र साहकी ३२ वर्षीया पत्नी गोरीनिया भनिने दुलारीदेवी साहको हुनसक्ने प्रहरीको अनुमान रहेको रहेको छ। गत २०६९ साल सोही गाविसको जङ्गलमा एक भट्टराई दम्पतीको हत्या भएको थियो र सोही आरोपमा साहलाई दुई वर्षको सजाय सुनाएपछि फरार अभियुक्त भएको अनुसन्धानले खुल्न आएको सप्तरीका डिएसपी चिमरियाले भने। यसबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Local Newspaper - Saptari

0 Comments