Incident Reports

एमालेसँगको झडपमा तरूण दल कार्यकर्ताको मृत्यु

2015-05-12

Karnali, Dolpa, Mudkechula

डोल्पामा एमाले कार्यकर्तासँगको झडपमा तरुणदल कार्यकर्ताको मृत्यु भएको छ । कालिका गाविसको त्रिवेणी कालिका सडक निर्माणमा उपभोक्ता र सडक खन्ने गाउँले कामदारबीच झडप भएको थियो । झडपमा कालिका गाविस-८ तरुण दल कार्यकर्ता गोकर्ण सिंह ठकुरीको मृत्यु भएको हो । त्रिवेणी कालिका सडकखण्डको कालिका भन्ने ठाउँमा सबैले काम गर्न पाउनुपर्छ भन्ने गाउँले र काम गर्न पाइन्न भन्ने उपभोक्ता समितिका सदस्यबीच विवाद भएको थियो । सोही विवादमा उपभोक्ता समितिका तर्फबाट प्रहार गरिएको ढुंगा लागेर ठकुरीको घटनास्थलमा मृत्यु भएको हो । सडक निर्माणका लागि उपभोक्ता समिति गठन गर्दा नै नेपाली काँग्रेस र नेकपा एमालेका गाविसस्तरीय कार्यकर्ताबीच विवाद भएको थियो । यो घटना हुनुमा पनि सोही विवाद नै प्रमुख कारण भएको प्रारम्भिक अनुसन्धानमा पाइएको प्रहरी स्रोतले जनाएको छ । नेपाली काँग्रेस डोल्पाका सभापति टंकप्रसाद उपाध्यायले सोमबार विज्ञप्ति निकालेर दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Entity CPN-UML
Actor 1 - Youth na
Actor 2 - Number of people 15
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Entity Nepali Congress
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments