Incident Reports

कालोबजारी गर्ने दश जनाविरुद्ध मुद्दा

2015-05-16

Bagmati, Kathmandu, Kathmandu, Ward 10

मुलुक महाविपत्तिमा परेका बेला त्यसको फाइदा उठाउँदै सामानको प्रचलित बजार मूल्यमा एकाएक वृद्धि गरी कालोबजारी गरेको अभियोगमा १० जना पक्राउ परेका छन् । अभियुक्तहरूविरुद्ध कालोबजारी ऐनअन्तर्गत मुद्दा दायर गरिने महानगरीय प्रहरी परिसरले जनाएको छ । साथै ग्राहकसँग अभद्र व्यवहार गरेको अभियोगमा सात जना व्यापारीलाई नियन्त्रणमा लिइएको छ । उनीहरूविरुद्ध केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा चलाइने भएको छ । कालोबजारी ऐनअन्तर्गत राजधानीको गङ्गालाल अस्पताल अगाडि ओमशिवम् फार्मेसीका सञ्चालक सुमन महर्जन, शिक्षण अस्पताल,महाराजगञ्जस्थित भेरीराप्ती फार्मेसीका सञ्चालक सरिता जि.सीलगायत छन भने केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत झापाका पूर्णप्रसाद सिवाकोटा, मोरङ सिजुवा–४ का गोविन्द लुईटेल, सप्तरी परवानीपुर प्रसमणी–६ का हीराकुमार चौधरी, सिन्धुली दुम्जा–५ निवासी सञ्जिव भण्डारीलागतय छन् । 
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Private company
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports