Incident Reports

दाइजो नल्याएको आरोपमा श्रीमतीलाई यातना

2015-05-18

Province 1, Sunsari, Duhabi, Ward 8

विवाह भएको दुई महिना बित्न नपाउँदै दाइजो नल्याएको आरोपमा १८ वर्षीया रुकैया अञ्जुमलाई उनकै श्रीमान्‌ले शारीरिक तथा मानसिक यातना दिएका छन्। विराटनगरको कोसी अञ्चल अस्पतालमा उपचार गराइरहेकी रुकैया अञ्जुमका अनुसार विवाहमा भनेजस्तो मोटरसाइकल नपाएपछि उनका श्रीमान् सोनापूर–२ सुनसरीका सद्दाम हुसेनले शारीरिक र मानसिक यातना दिँदै माइतमा ल्याएर छोडी दिएको बताइन्। उनका श्रीमान्‌ले शारीरिक र मानसिक यातना दिएपछि रुकैयाले विष सेवन गरी आत्महत्याको प्रयास गरेकी थिइन्। अस्पतालमा उपचार गराइरहेकी रुकैयाले भनिन्–“घरबाट दुई लाख पर्ने ‘एफ जेट’ मोटरसाइकल दाइजोमा दिएको थियो। तर साढे तीन लाखको ‘आर वान फाइभ’ बाइक नदिएको भन्दै यातना दिएका हुन्। रूकैयाका बुबा लालुमियाँ भन्छन्–“तीन सय जन्तीलाई केही कमी हुन नदिनु भनेका थिए। १५ लाख रुपैयाँ खर्च गरेर छोरीको विवाह गरेँ अहिले दाइजो नदिएको भन्दै छोरीलाई यातना दिएर विषसम्म सेवन गराए। गत चैत १२ गते रुकैयाको विवाह सम्पन्न भएको थियो । दाइजोविरुद्ध अभियान चलाउँदै आएको मुस्लिम काउन्सिल नेपालका क्षेत्रीय उपाध्यक्ष अबिद हुसेन दाइजो नलिने भन्ने बेहुलाले भनेजस्तो बाइक नभएपछि रिसाएको हुनसक्ने बताउँछन्। उनले दाइजोविरुद्ध अभियान चाल्दै आएको मुस्लिम काउन्सिल पनि विभाजित भएको बताए। सद्दामलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
National/Online Media

0 Comments