Incident Reports

बलात्कार गर्न खोज्ने दुई युवक प्रहरीको नियन्त्रणमा

2015-05-20

Madhes, Mahottari, Gaushala, Ward 4

गौशाला महोत्तरीको पोखरभिन्डा गाविसमा एक महिलालाई बलात्कार गर्न खोजेका दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको खैरबन्नी गाविस– ३ बस्ने १८ वर्षीय अरुणकुमार यादव र १८ वर्षीय मिथलेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुवै युवकले गएराति पोखरभिन्डा– ९ बस्ने ती महिलाको घरमा पसी बलात्कार गर्न खोज्दा उनले कराएपछि घरका अन्य सदस्यले उनको उद्धार गरेको र दुवै युवकलाई पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए । उनीहरुमाथि जबर्जस्ती करणी उद्योग मुद्दा चलाउने तयारी गरिरहेको जानकारी उनले दिए । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments