Incident Reports

भारत लैजान लागेका ८ बालिकाको ललितपुर प्रहरीद्वारा उद्धार

2015-05-21

Bagmati, Lalitpur, Mahalaxmi

अवैध रुपमा भारत पढाउन भनि लैजान ललितपुरको लुभुमा लुकाइ राखेका ८ बालिकाको प्रहरीले उद्धार गरेको छ । उनीहरुलाई भारत लैजाने लाग्ने बारा निजगढकी १९ वर्षीया मेनुका मगरलाई लुभु प्रहरीले पक्राउ गरेको ललितपुरका डिएसपी किसनसिंह थापाले जानकारी दिए । ललितपुरको मेरी वाट स्कुलको विद्यालयमा उनीहरुलाई बन्द कोठामा राखिएको अवस्थामा लुभु प्रहरी इन्चार्ज रुपक थापाको टोलीले बुधबारराती १० बजे उद्धार गरेको हो । भारत लैजान लागिएको ती बालिकाको उमेर १० वर्षदेखि १२ वर्षसम्मको छ । उनीहरु सबै दोलखा लाबीलाङका हुन् । उनीहरुलाई अहिले ललितपुर प्रहरीमा राखिएको छ । अवैध रुपमा ती बालिकालाई भारत लैजान लागेको पुष्टि भएको डिएसपी थापाले जानकारी दिए ।
National/Online Media

0 Comments