Incident Reports

भूकम्पबारे भ्रम फैल्याएको आरोपमा पत्रकारलार्इ कारबाही

2015-05-21

Bagmati, Kathmandu, Kathmandu

नेपालमा ९० सालको भन्दा ३० गुणा शक्तिशाली भूकम्प आउने समाचार लेखेर जनजीवन आतंकित पार्ने पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । भूकम्पबारे भ्रम फैल्याएको भन्दै महानगरी अपराध महाशाखा हनुमान ढोकाको टोलीले एक्सप्रेस खबर डटकमका सञ्चालक ज्ञानेन्द्र भट्टराई र सम्पादक चन्द्रमणि सापकोटालाई पक्राउ गरेको हो । उनीहरुले शक्तिशाली भूकम्प आउने विवरण सहितको समाचार फेसबुक, ट्वीर र अन्य सामाजिक सञ्जालमा पठाएर जनजीवन त्रसित बनाएको आरोप प्रहरीले लगाएको छ । बिहीबार पक्राउ परेका उनीहरुमाथि स्पष्टिकरण सोधी वेबसाइटमा राखिएको समाचार हटाउन लगाएर पाठकसमक्ष माफी माग्न लगाइएको महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले बताए । अपराध महाशाखाले यसअघि पोखरा पोस्ट र खसोखासका सञ्चालकलार्इ पनि पक्राउ गरेर स्पष्टिकरण सोधिसकेको छ । महाशाखाले भूकम्प आउने भविष्यवाणी गरी जनजीवन त्रसित पारेको भन्दै ज्योतिषी ओजराज उपाध्याय लोहनी र डा।सुनिलमाथि पनि कारबाहि चलाएको छ । महाशाखाका अनुसार भूकम्पबारे फेसबुक र एसएमएसमार्फत अफबाह फैल्याउने ११ जनालार्इ पक्राउ गरिसकिएको छ ।
National/Online Media

0 Comments

Related Reports