Incident Reports

पुजारीद्वारा ६ वर्षीया बालिकाको बलात्कार

2015-05-25

Madhes, Parsa, Birgunj

वीरगन्ज –२८ सिर्सियास्थित रामजानकी मन्दिरका पुजारीलाई एक जना ६ वर्षे बालिकाको बलात्काको आरोपमा प्रहरीले पक्राउ गरेको छ। बाराको बड्की फुलवरिया –६ घर भएका पुजारी ४५ वर्षीय मनक भगत मालीले मन्दिर नजिकै खेली रहेकी गाँउकै ६ वर्षे बालिकालाई आइतबार दिउँसो बलत्कार गरेको भन्दै गाउँलेले समातेर प्रहरीको जिम्मा लगाएका थिए। बलात्कारको आरोपमा पक्राउ परेका पुजारी मालीलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। स्थानीयका अनुसार पुजारी मालीले आपको लोभ दिएर मन्दिरको छेउमा लगेर जबरजस्ती गर्न थालेपछि बालिकाले रोइकराई गरेकी थिइन्। मालीको चंगुलबाट भागेर घरमा पुगेकी बालिकाले घटना बारे अभिभावकलाई जानकारी गराएलगत्तै स्थानीय गाँउलेले मालीलाई समातेर कुटपिट समेत गरेका थिए। घटनाबारे स्थानीयले नजिकको प्रहरी चौकी अलौंमा जानकारी गराएपछि गएको प्रहरीको टोलीले पुजारी मालीलाई नियन्त्रणमा लिएको जिल्ल्ाा प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक वीरबहादुर ओलीले बताए। 'प्रारम्भिक बयानमा पुजारी मालीले आफूबाट गल्ती भएको हो भनी स्वीकार गरेको अवस्था हो,' ओलीले भने, 'पीडित बालिका र आरोपी दुवै जनाको स्वास्थ्य परिक्षण नारायणी उपक्षेत्रीय अस्पतालमा सोमबार गराइएको छ।' स्वास्थ्य परिक्षणको प्रतिवेदन आएपछि बलात्कार वा बलात्कारको प्रयास हो भनी खुल्ने उनले बताए। 'त्यसै अनुसार मुद्दा अगाडी बढाइने छ,' उनले भने, 'थप अनुसन्धानका लागि पुजारी मालीलाई भने सोमबार जिल्ला अदालत पर्साबाट म्याद थप गराई हिरासतमै राखिएको छ।' पीडित बालिकालाई अभिभावकको जिम्मा लगाएर पठाइएको उनले जनाए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Religious leader
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments