Incident Reports

अपहरित बालक तीन सातापछि मुक्त

2015-04-29

Madhes, Rautahat, Gaur

अपहरण भएको तीन सातापछि गौर नगरपालीका-५ का १५ वर्षीय शिवम पटेललाई भारतीय प्रहरीको सहयोगमा प्रहरीले सकुशल अपहरणमुक्त गराएको छ । प्रहरीले घटनामा संलग्न एक महिलालाई पक्राउ गरेको छ । मंगलबार राति सीमापारीबाट अपहरण मुक्त गरी ल्याइको पटेललाई प्रहरीले बुधबार उनको अभिभावको जिम्मा लगाएको छ । साथीसँग सीमापारी बरगौनिया बजार गएका बेला गत बैशाख-१६ गते पटेलको उतैबाट अपहरण भएको थियो । टयुसन पढ्न गएका बेला साथीको मोबाईल मरम्मत गराउन उनीहरु सीमापारी गएका थिए । अपहरणकारीले पटेलका बुबा बिजयलाई फरक-फरक भारतीय नम्बरबाट फोन गरेर १ करोड फिरौति मागेका थिए । प्रहरीले भारतीय नम्बरलाई 'कल ट्रेस' गरेर अपहरित बालक रहेको स्थानसम्म पुग्न सफल भएको हो । सीमापारी सीतामढी जिल्ल्ााका एसपी हरिप्रसाद ऐसले सक्रिय सहयोग गरेको गौरका प्रहरी उपरीक्षक-एसपी) सानुबाबु थपलियाले बताए । 'अपहरणकारीको नम्बर भारतीय सुरक्षाअधिकारीलाई उपलब्ध गराएका थियौ थपलियाले भने, 'पटेलका बुबा बिजयलाई अन्तिम पटक कल गरेर फिरौति रकम माग्दा कल रेकर्ड गरी सम्भावित स्थान पत्ता लगाइएको हो ।' सितामाढी क्षेत्र स्थित रामबाबु यादवको घरमा अपहरणकारीले शिवमलाई लुकाएर राखेका थिए । यादव समेत अपहरणमा सलग्न भएको प्रहरीले जनाएको छ । प्रहरीले सर्चका क्रममा सितमाढी जिल्ला स्थित तिहाथी पञ्चायतकी कान्ति देवीलाई पक्राउ गरेको थपलियाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments

Related Reports