Incident Reports

दुई बालिका सामुहिक बलात्कारको शिकार

2015-05-27

Province 1, Taplejung, Phungling

 हिमाली जिल्ला ताप्लेजुङमा दुई बालिका सामुहिक बलात्कारको शिकार भएका छन् । उक्त घटनाहरु बैशाखको दोस्रो सातातिरै भएको भएपनि घटनाको प्रहरीले बुधवार मात्रै सार्वजनिक गरेको हो । प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरेपछि मात्रै घटनाबारे खुलाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार हाङ्देवाकी एक १४ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको अभियोगमा सोही गाविस वडा नं. ७ बस्ने नवीन सेञ्चुरी र वडा नं.२ बस्ने मैते घतानी पक्राउ परेका छन् । बाटो ढुकेर सामुहिक बलात्कार गरेको भनी बालिकाका अभिभावकले दिएको जाहेरीका आधारमा निजहरुलाई पक्राउ गरिएको र पक्राउ परेका विरुद्ध जबरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालिएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी शान्तिराज कोइरालाले जानकारी दिए । यस्तै एक १६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको अभियोगमा निघुरादिन ६ बस्ने २४ वर्षीय मंगल तामाङसहित पाँच जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । उनीहरुले ति बालिकालाई बन्धक बनाई सामुहिक बलात्कार गरेको अभियोग लगाइएको छ । पक्राउ परेका पाँच जनालाई जबरजस्ती करणी तथा शरीर बन्धक अन्तर्गतको मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पछिल्लो समय ताप्लेजुङमा जबरजस्ती करणीका घटना वृद्धि भएको प्रहरीको तथ्याङ्क छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको हालसम्ममा जबरजस्ती करणीका १५ वटा घटना भएका छन् । उक्त संख्यामध्ये ११ वटा जबरजस्ती करणी र चार वटा जबरजस्ती करणी उद्योग अन्तर्गतका मुद्दा छन् । जसमा चार जना बालिका बलात्कारका शिकार भएका घटना छन् । प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिकवर्षमा भएको जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका १५ वटा घटनामा संलग्न भनिएकामध्ये १७ जना पक्राउ परेका र तीन जना फरार छन् । फरार रहेकाहरुको पनि खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments