Incident Reports

सिरहामा बालक अपहरण, अपहरणकारीले मागे २० लाख फिरौती

2015-05-25

Madhes, Siraha, Sukhipur, Ward 4

सिरहाको दक्षीणवर्ती सुखीपुर–६ दहीपौरीबाट हराइरहेका एक बालकको अपहरण भएको पुष्टि भएको छ । अपहरणकारी समूहले अपहरित १४ वर्षीय श्रवण भण्डारी (माली), परिवारलाई मोबाइमा फोन गरी फिरौती मागेपछि अपहरण भएको पुष्टि भएको हो। जेठ ११ गत्ते बिहानबाट हराइरहेका श्रवणको खोजी गरिदिन हुलीया जानकारी परिवारजनले सोही दिन प्रहरीलाई जानकारी गराएका थिए। श्रवण अपहरणमा परेको भोलिपल्ट जेठ १२ गते १ बजेर २ मिनेटमा भण्डारी परिवारका सहयोगी पृथ्वी भण्डारीको मोबाइलमा फोन आयो। श्रवणको ममीसँग कुरा गराउ, 'पृथ्वीले शनिबार नागरिकन्युजसँग फोन सम्वाद सम्झँदै भने, 'छोरालाई छुट्टाउनु छ भने २० लाख बन्दोबस्त गर।' अपहरणकारीको माग सुनेर श्रवणकी आमा अरहुलिया निशब्द भइन्। उताबाट फोन काटियो। जायज्येथा बेचेर पनि नपुग्ने अपहरणकारीको मागले उनलाई थप पीडित र चिन्तित बनाएको छ। दुई वर्ष अगाडि पति महाबीर भण्डारीको निधनपछि जीवनको एक्लो सहारा श्रवण थिए। उनको अपहरणले परिवारमा रुवावासी छ। समान्य आर्थिक हैसियतका भण्डारी परिवार खेतको खाद्यान्न र एउटा भैंसीको दुध बेचेर एक्लो छोरा श्रवणलाई गाउँकै मदरल्यान्ड बोर्डिङ स्कूलमा पढाउँछन्। उनी कक्षा ३ मा अध्यनरत्त रहेको परिवारजनले जनाएको छ। यसरी भयो अपहरण वैशाख १० गते छिमेकी रामअशिषको छोरीको विवाह थियो। सिरहाको मिर्चैयाबाट जन्ती आएको थियो। विवाहको घरमा गुन्जिएको बाजाले टोलै हल्लाएको थियो। मध्यरातिसम्म जन्तीलाई नास्ता खुवाउने स्वयम्बर गर्ने कार्यक्रम चलिरहँदासम्म श्रवण त्यँही थिए। बिहान ३ बजेबाट घर परिवार र छिमेकीले उनलाई खोज्न थाले। जति खोज्दा पनि उनी भेटिएन। बिहान जन्ती विदा भए। जन्तीसँगै गयो कि भनेर छिमेकी डोमी यादवसँगै केही युवा बेहुलाको घर मिर्चैयामा पनि खोज्न गए, तर यहाँ पनि फेला परेन, श्रवण। नभेटिएपछि डोमीले इलाका प्रहरी कार्यालय मिर्चैयामा जेठ ११ गते दिउँसो १ बजे खोजतलासका लागि गुहारे। 'हामीले प्रहरीलाई जानकारी गराएर घर फर्कियौं,' उनले भने,'सोही दिन गाउँकै इलाका प्रहरी कार्यालय सुखिपुरमा पनि हुलियासहित खोजतलास गरिदिन जानकारी दिएको उनले बताए। बालक अपहरणपछि गाउँमा त्रास छ । 'हामी युवा रातभर जाग्राम बसेर टोल सुरक्षामा बस्छौं,' स्थानीय पृथ्वी भण्डारीले भने, 'अपहरणको घटनापछि यहाँ सुरक्षाकर्मीको हालसम्म गस्तीमासमेत आएका छैनन्। 'इलाका प्रहरी कार्यालय सुखिपुरका सइ आश नारायण चौधरीले भने, 'हामीले हराएको होला भनेर खोजी गर्दै थियोबीचमै फिरौतीको माग भएपछि खोजीको शैली सशक्त पार्‍यौं।' 'श्रवणको अपहरण नै हो भने कुरा पक्का भैसक्यो,' उनले भने, 'भेटिएको छैन, खोजी भैरहेको छ।' जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी माधव बुढाथोकी भन्छन्, 'अनुसन्धान हुँदैछ, नतिजा आएपछि थाहा हुन्छ।'
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments