Incident Reports

६ महिनाका छोराको हत्या गरेको आरोपमा आमा पक्राउ

2015-05-31

Province 1, Udayapur, Belaka

उदयपुरको मैनामैनी गाविसकी एक महिलालाई ६ महिनाको छोराको हत्या आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको छ । मैनामैनी—७ की बिनु बस्नेतलाई प्रहरीले आफ्नो ६ महिनाको छोराको हत्या गरेको आरोपमा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर गुरुङका अनुसार परपुरुषसँग विवाह गर्ने योजना बनाएर बस्नेतले ६ महिनाको छोरा विशालको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चार दिन अघि छोरो अपहरण भयो भन्दै प्रहरीलाई खबर गरेकी बस्नेतले छोरोलाई हत्या गरी नजिकको बाँसघारीमा लगेर फालेको उपरीक्षक गुरुङले बताउनुभयो । छोराको अपरहण भएको भन्ने खबर पाएपछि इलाक प्रहरी कार्यालय रामपुरबाट गएको प्रहरी टोलीले बिनुलाई शंकाको घेरामा राखेर पक्राउ गरेको थियो । पछि स्थानीय बासिन्दाले शिशुको शव घर नजिकै बाँसघारीमा भेटिएको खबर गरेपछि प्रहरी घटनास्थलमा गएको थियो । घटनाको प्रारम्भिक अनुसन्धानबाट आमा बिनुले नै हत्या गरेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शिशुको शव पोष्टमार्टमाका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने आमा बिनुलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी उपरीक्षक गुरुङले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments