Incident Reports

भूकम्प पीडितको नाममा चन्दा असुली

2015-06-01

Bagmati, Kathmandu, Kathmandu

अनधिकृत रुपमा चन्दा उठाएको आरोपमा एस पारस राना पक्राउ परेका छन्। सडक किनारमा हरियाली बनाउने र भूकम्प प्रभावितलाई सहयोग गर्ने आवरणमा पैसा उठाएको भन्दै प्रहरीले उनलाई कमलपोखरीमा पक्रेको हो। राना शनिबार बबरमहल क्षेत्रका पसल र फर्ममा सडकबीचको हरियाली देखाउँदै त्यसको संरक्षणका लागि भन्दै चन्दा उठाइरहेका बेला फेला परेका थिए। उनी आफ्नै नाममा छापेको 'एस पारस राना' छाप अंकित रसिद र स्ट्याम्प बोकेर चन्दा उठाइरहेका थिए। पैसा नदिनेलाई उनी 'भोलि हेरौंला' भन्दै धक्याउँदै थिए। 'आज छैन' भनेर फर्काउन खोज्नेको 'भिजिटिङ कार्ड' लिएर 'भोलि फोन गर्छु' भन्दै फर्किन्थे। हरेक पसलमा फरकफरक काम देखाउँदै पैसा असुल्दै थिए उनी। 'ऊ त्यो सडकबीचमा फलामको बार लाउन बजेट नपुगेको हुनाले सहयोग गर्नुपर्योद,' उनले बबरमहलस्थित क्वालिटी फास्ट फुड क्याफेमा शनिबार चन्दा माग्दै भने, 'कम्तीमा तीन सय एक रुपैयाँ दिनुस्।' क्याफेका म्यानेजर रोशन श्रेष्ठले तीन सय चन्दा दिए। रकम असुल्दै हिँडेका उनलाई पछ्याउँदै जाँदा उनले त्यसरी नै दर्जनौं पसल र फर्मबाट पैसा असुले। उनी अवैध चन्दा उठाएर थापाथालीको पुलमुनि रहेको कालमोचन मन्दिरछेउ पाटीमा पुगे। त्यहाँ बस्ने एक जोगीलाई उनले असुलेको चन्दा दिएर बाहिरिए। पारसको गतिविधिबारे जानकारी लिन महानगरीय प्रहरी अपराध महाशाखा पुग्दा त्यहाँका प्रहरीले उनको तस्बिर हेर्दै 'यो त देखिरहेकै केटो हो' भने। बानेश्वर वृत्तको मुद्दा फाँट हेर्ने हेम शर्माले उनको तस्बिर हेर्दै 'पाकेटमार र चन्दा असुली अभियोगमा समाउँदै छुट्दै गरेको व्यक्ति' बताएका थिए। उनै पारसलाई प्रहरीको महानगरीय प्रहरी वृत्त, कमलपोखरीले वेलकेयर अस्पतालमा भूकम्प पीडितका लागि भन्दै पैसा उठाउँदै गरेको अवस्थामा पक्रियो। 'पाँच हजार नगदी रसिद काटिएको छ वेलकेयरमा। केही नगद, रसिदको ठेली र छापसहित पक्राउ गरेका छौं,' प्रहरी निरीक्षक नारायण रञ्जितकारले भने, 'चन्दा असुली गरेर पटकपटक समातिने गरेको हो। उजुरी नदिँदा कारबाही गर्न समस्या परेको थियो।'
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Extortion
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports